•  

    उर्लाबारी, १७ पुस/मोरङको उर्लाबारी–२ स्थित सुनझोडा माध्यमिक विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा चर्चित रियालीटी शो द भ्वाइस अफ नेपालको उत्कृष्ठ आठमा पर्न सफल मेचु धिमाललाई सम्मान गरिएको छ ।

    रजतजयन्तीको अन्तिम दिन बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पुर्व विद्यार्थी समेत रहेकी मेचुलाई सम्मान गरिएको हो । उनलाई विद्यालयको तर्फबाट उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मानपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा गायिका मेचुले गीत गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा पूर्व विद्यार्थी, पुर्व शिक्षक, विद्यालयका संस्थापक, सहयोगदाता र चन्दाताहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा नगर प्रमुख फागोले गुणस्तरीय शिक्षाबाट मात्र सक्षम विद्यार्थी उत्पादन गर्ने सकिने बताए । गुणस्तरीय शिक्षाबाट मात्र विद्यालयको प्रतिष्ठा कायम रहने राय व्यक्त गर्दै फागोले यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    https://www.youtube.com/watch?v=H1Bee1ZkGAo&t=370s

    विद्यालयका प्रधानध्यापक मुकुन्द निरौलाले निकट भविष्यमा ११ र १२ कक्षा र प्राविधिक विषयको शिक्षा सञ्चालन गरिने योजना सुनाए । उनले त्यसका लागि विद्यालयको जग्गा विस्तार गरिने बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्ष राजनकुमार कंडेल, रोटरी क्लब उर्लाबारीका अध्यक्ष सुरेन्द्र सुवेदी, पुर्व साँसद नगेन्द्र धिमाललगायतले बोलेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    https://www.youtube.com/watch?v=lWQk5WX9vZ8&fbclid=IwAR1YEziT63kiW93cD7HmaH6wxZFn-3AItFZzDEiI3gKBlb4ThgWRCIKyApU

     

    https://www.youtube.com/watch?v=Ewz0Rw1qZZU&fbclid=IwAR1e91HSkAc1Gdiz_aUjlvkg8xqBbKdtwHaN0XCrmjrxalLICVykLvP4fOo

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…