काठमाडौं, १७ पुस । भारतको पञ्जाव नेशनल बैंकको प्रमुुख सेयर साझेदारी रहेको एभरेष्ट बैंकमा चरम बेथिती देखिएको छ ।
बैंक सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठले आफुु र आफ्नो परिवारका सदस्यहरुलाई भर्ति केन्द्रका रुपमा प्रयोग गर्दा बैंकमा बेथिती बढेको हो ।
उमरेले ९० बर्ष कटिसक्दा पनि एभरेष्ट बैंकका अध्यक्ष पदमा अझै बिके श्रेष्ठ नै रहेका छन् । झण्डै २५ वर्षअघि एभरेष्ट बैंक सञ्चालनमा आएको हो ।
यो बैंक सञ्चालनमा आएदेखि नै अर्थात सन् १९९४ देखि नै श्रेष्ठले बैकलाई दुुहुुनो गाईको रुपमा प्रयोग गर्दे आएका छन् ।
स्थापनाकालमा बैंकको अध्यक्षमा मैत्रदेव पाठक रहेका थिए । उनी झण्डै सात बर्ष बैंक सञ्चालक समितीको अध्यक्ष रहेकोमा पछि श्रेष्ठले पाठकलाई हटाएर आफै अध्यक्ष बनेका थिए ।
त्यो समय यता देखि एभरेष्ट बैंकमा श्रेष्ठ परिवार हावी हुुदै गएको हो । एभरेष्टमा भारतको पञ्जाब नेशनल बैंकको २० दसमालव तीन प्रतिशत अर्थात् एक करोड ६० लाख ८१ हजार दुुई सय ६९ कित्ता संस्थापक सेयर छ ।
यसबाहेक ३० दसमलव ७८ प्रतिशत अर्थात् दुुई करोड ४७ लाख ११ हजार पाँच सय तीन कित्ता सेयर सर्वसाधारणको रहेको छ भने श्रेष्ठ र श्रेष्ठ परिवारका बिभिन्न सदस्यहरुको नाउँमा ठुलो परिमाणमा सेयर स्वामित्व रहेको छ ।
सोही सेयर स्वामित्वको आधारमा पनि श्रेष्ठ परिवारले एभरेष्ट बैंकलाई दुहुनो गाई बनाउँदै आएको हो ।