• काठमाडौं, १७ पुस । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको भावनाअनुसार काम गर्ने र सडकका खाल्डाखुल्डी पुर्ने अभियानमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ जुटेका छन् । मन्त्री नेम्वाङले गत पुस ७ र ८ गते अधिराज्यभरका डिभिजन प्रमुख तथा योजना प्रमुखहरुबाट होटल हिमालयमा प्रगति समीक्षा लिएका छन् ।

    मन्त्री नेम्वाङ आउना साथ राजधानीका खाल्डाखुल्डी पुर्ने र पिचको काम धमाधम भइरहेको छ । विगतमा अस्पतालको बेडबाट खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले बारम्बार निर्देशन दिँदा पनि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अटेर गर्दै आइरहेका थिए । त्यति मात्र होइन, काम गर्न खोज्दा महासेठले सडक विभागका महानिर्देशक केशव शर्मालाई नै सरुवा गर्ने तयारी गरिरहेको समाचार स्रोतले बताएको छ ।

    विगत छ महिनादेखि आफूले चाहेअनुसारको काम गर्न नपाएका शर्मालाई सहज वातावरण भएको जानकारहरुले बताएका छन् । नयाँ मन्त्री आउनासाथ काठमाडौँका खाल्डाखुल्डी टालेर ‘मर्निङ सोज द डे’ को छनक शुरु गरेका शर्मा र मन्त्रीको विकास निर्माणमा जोडी मिलेको जानकारहरुले बताएका छन् ।

    अझै पनि मन्त्रालय र विभागमा बसेर महानिर्देशक शर्मालाई असफल बनाउन सु.इ.हरुले सक्रिय भूमिका खेलिरहेको समाचार स्रोतले बताएको छ । अनुचित दबाब र आर्थिक चलखेलमा नलागी इमानदार हिसाबले काम गरे महानिर्देशक शर्मा सफल हुने बताइएको छ । मन्त्री नेम्वाङ पनि महासेठजस्तो सरुवाबाट असुली र सेटिङबाट कमिशनको आशा नगर्ने स्वच्छ मन्त्री भएको सरोकारवालाहरुले बताएका छन् ।

    सडकमा टपरटुइँयाहरुको वर्चश्व
    सडक विभागमा टपरटुइँया सुई र डिइहरुका कारण पदको गरिमा खस्किएको चर्चा चलेको छ । विगतमा सडक विभागअन्तर्गत प्राविधिक सहसचिव (सुई) बनेकाहरुको तुलनामा वर्तमान सहसचिवहरु आफ्नो मात्र दुनो सोझ्याउने अपरिपक्व र अक्षम भएको समाचार स्रोतले बताएको छ ।

    सडक विभागमा टपरटुइँया सहसचिवहरुको वर्चश्व बढ्दै जाँदा फेरि पाँचजना सिडिईहरु सुइ पदमा बढुवा भएका छन् । बढुवा भएका पाँचजनामध्ये एकजना उमेशबिन्दु श्रेष्ठ मात्र फाइल बढुवाबाट सुईमा बढुवा भएका हुन् ।

    बाँकी चारजना दीपक के.सी., कैलाशकुमार श्रेष्ठ, विजय चापागाईं र देवकुमार तामाङ, २४ ‘घ’ का सिडिइ भएको समाचार स्रोतले जानकारी दिएको छ । सडक विभागमा अझै २४ ‘घ’ का सिडिइहरु शिवराज अधिकारी, पूर्णकुमार राई, नवीनमान श्रेष्ठ र रोहित बिसुराल सुई बढुवाको लाइनमा रहेका छन् ।

    यिनै पानी बढुवाहरुका कारण सडकमा क्षमतावान भनेर चिनिएका सिडिईहरु श्याम खरेल, अशोक तिवारी, सूर्यबहादुर भाट र कर्णबहादुर रानाभाट सुइमा बढुवा नभई घर जाँदैछन् । टनेलमार्गका कामु, सुई श्याम खरेल आगामी २०७७ सालमा अवकाश हुँदैछन् । यसरी क्षमतावान्हरु पाखा लाग्ने र टपरटुइँयाहरुको वर्चश्व रहने भएपछि विभागको भविष्य डामाडोल बन्ने बताइएको छ ।

    यसैगरी, आ। प्र। र मधेशी कोटाबाट सहसचिव खुलेपछि सडकमा तीनजना झाहरुको घम्साघम्सी पर्ने स्रोतले बताएको छ । सडकमा कार्यरत डिईहरु प्रायः सुविधा सम्पन्न भएको जानकारहरुले बताएका छन् । सुइमा बढुवा भएकाहरुमध्ये कमाई र आकर्षणका हिसाबले उमेशबिन्दु श्रेष्ठले मदन भण्डारी र के।सी।ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग नछाड्ने चर्चा चलेको छ । नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…