• १८ पुस, काठमाडौं - आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।

    मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन ।’
    शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन् ।
    बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो । वर्षासँगै चिसो बढेको महसुस भएको छ । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
    १२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…