• कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ का संघीय सांसद अभिषेक प्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दायर भएको छ ।

    सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

    गत पुष ५ गते कृष्णनगरका स्थानीय समाजसेवी मिश्रलाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

    शाहविरुद्धको जाहेरी जिल्ला प्रहरीले दर्ता गरी पक्राउपूर्जी जारी गरेको हो ।

    शाहले राप्रपाका जिल्ला नेता एवं भोजपुरी फिल्मका अभिनेता मिश्रलाई आफ्ना ड्राइभर मार्फत घरमा बोलाएर निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । यसरी निर्घात कुटपिटपछि गाडीमा राखेर बीच सडकमा लगेर छाडेका थिए । शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…