•  

    उर्लाबारी । लिबर सिरोसिसबाट निधन हुनुभएकी दिलकुमारी भुजेलको परिवारलाई उर्लाबारी युथ ग्रुप हङकङले आर्थिक सहयोग गरेको छ । उर्लाबारी—७ निवासी भुजेलको उपचारका क्रममा निधन भएको थियो । हङकङबाट पठाइएको ६७ हजार रुपैंया उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु,समाजसेवी नरबहादुर मोक्तान लगायतले दिलकुमारीको भाई डम्बर नेपालीलाई हस्तान्तरण गर्नुभयो ।

    सहयोगीदातामा धन्यवाद दिदैं नगर प्रमुख फागोले सामाजिक काममा पुर्याएको योगदान प्रति उर्लाबारी युथ ग्रुपलाई धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रममा स्थानीय गणेश किम्दाङ, योबाहाङ तुम्बाहाम्फे,कैलाश थापा मगरm प्रकाश कन्दङ्वा,नारायाण लुङ्फुवा,प्रेम लिम्बू लगायतको उपस्थिती रहेको थियो । मानविय सेवा तथा आफ्नो साथीभाईमा पर्न गएको दुखमा साथ दिएको उर्लाबारी युथ ग्रुप हङकङका अध्यक्ष शाङ्गेहाङ तुम्बाहाम्फले बताउनुभयो ।

    https://youtu.be/rQdWhkYsDrM

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…