• काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गद्दी नउल्टेसम्म राजामहाराजाले जनतालाई नपत्याउने गरेको बताएका छन् । उनले देशमा स्थापित नयाँ व्यवस्थामा अझै पनि जनता अभ्यस्त हुन नसकेको प्रसंगमा यसो भनेका हुन् ।

    शनिबार यहाँ एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनता अध्यस्त हुन अझ केही समय लाग्ने बताउँदै नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्योलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको बताए ।

    ‘देशमा नयाँ परिस्थिति बनेको छ। नयाँ परिस्थिति भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन्’ दाहालले भने,‘हिँडिरहेको बाटो सजिलै हिँड्न सकिन्छ। नहिँडेको बाटो हिँड्नुपर्‍यो भने अफ्ठ्यारो महशुस हुन्छ।’

    देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताए। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ। संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ। सबै संरचना नयाँ छ। यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन्’ उनले भने,‘हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन। उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी।’

    दाहालले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने बताए। ‘उनीहरुले पहिले पत्याउँदैनन यी जनताले धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसहरुले हाम्रो राज उल्ट्याउलान, हाम्रो श्रीपेच फाल्लान भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन्। राज्य उल्टिन्छ। राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन्’ दाहालले नयाँ प्रसंग झिकेर राजनीतिको समकालिन अवस्थाबारे बुझाउन खोजे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…