मानिसमा हुने असंख्य तनावका कार कुनै काम गर्दा विचविचमा विर्सने विकार हो एचडीएचडी । यो विशेषगरी बालबालिका वा वृद्वाहरुमा देखिँदै आएको छ ।
बालबालिकाको मष्तिस्कमा यसले दह्रोसँग जरो गाडेको हुन्छ । स–साना नानीहरुमा कुनै काम गर्दा गर्दै हुने उच्छ्रिङ्खल्ता यस रोगको लक्षण नै हो । बालबालिकाको वानी विद्यालय वा घरमा पनि नसुहाउँदो प्रकृतिको हुने गर्दछ ।
मानिसहरुले उचित रुपमा शारिरीक आराम नपाउँदा उनीहरुको ध्यान भंग हुने गरेको पाइएको छ । उनीहरुमा बढेको काम प्रतिको लगावले मस्तिष्कमा असन्तुलन ल्याउने बताइएको छ ।
अमेरिकी एचडिएचडी सम्बन्धि हालै भएको खोजमा ८.४% बालबालिका र २.५% बयोवृद्वामा यस रोगको संक्रमण भेटिएको छ ।
मनोवैज्ञानिक असन्तुलन भएका मानिसलाई चिकित्सकको उचित उपचार लिन सुझाउँदै पनि गरिँदै आइएको नै छ । मानिसले कुनै कुरा गर्न खोज्दा विच–विचमा ध्यान भंग हुनु एचडिएचडीको लक्षण रहेको छ । मानिसका आवेगहरु एक्कासी परिवर्तन हुँदै जाने पनि गर्दछ ।
विशेषज्ञहरुले एचडीएचडीलाई तिन तहमा परिभाषित गरेका छन् ।
ध्यान भंगता ः
१) काममा दोहो¥याइ दोहो¥याइ गल्तिहरु गरिराख्नु ।
२) काममा ध्यान दिन गाह्रो पर्नु ।
३) आफु नजिकका मानिस के कुरा गर्दैछन् ध्यानै नहुनु ।
४) कामको समय ख्याल नहुनु र काममा पूर्णता नहुनु ।
५) कामबाट टाढा पन्छिनु ।
६) कति समयमा काम गर्नुपर्ने हो विर्सनु वा गर्न नै नखोज्नु
७) गाह्रो पर्ने कामबाट शुरु मै नाइ नास्ती गर्नु ।
काममा उच्छ्रिङ्खल्ता
१) जुनै काम पनि गर्न सक्ने बताउनु
२) बस्न गाह्रो मान्नु
३) धेरै पल्ट कुद्न र दौडिन नसक्नु
४) बोल्दा बोल्दै गर्दाको साथीलाई उछिन्दै आफ्नो प्रभाव देखाउनु
५) मानिसहरुको सरसल्लाह, कुराकानी वा काममा अड्चन पु¥याउनु
६) खुट्टा हात चटपटाउनु
७) चाहे भन्दा बढी बोल्नु
८) धेरै आवाज हुने ठाँउमा काम गर्न नसक्नु
ध्यान भंगता र काममा उच्छ्रिङ्खल्ता
दुवै कुरामा पोख्त भएका मानिस विद्यालय, व्यक्तिगत कामको शिलशिलामा वा सामाजिक सम्बन्धमा मानिसहरु थुप्रै वाधा अवरोध भोग्छन् ।
अमेरिकी राष्ट्रिय मानसिक स्वास्थका अनुसार स्कुले बालबालिका र महिलाहरुमा यो रोग छ्याप्छ्याप्ती भेटिन्छ । मानसिक रोग भएको कारण यस रोगको संक्रमण भएकालाई मनोवैज्ञानिक चिकित्सककोमा उपचारको लागि जान परिक्षण गरिन्छ ।
(स्रोतः मेडिकल ज्युज टुडे)