शुक्रबार दिउँसोदेखि मौसममा बदली आएसंगै पूर्वी पहाडी जिल्लाहरूमा वर्षा हुनुका साथै उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । वर्षा र हिमपातका कारण पूर्वी पहाडी क्षेत्रको जनजीवन प्रभावति बनेकाे छ ।
ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र पाचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरह्नदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
संखुवासभाको गुफापोखरी, मंगलबारे र चौकी लगायतमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
ताप्लेजुङको साँघु, जाने यातायातका साधनहरु हिउँले बाटो अवरुद्ध बनाएपछि संचालनमा आउन सकेका छैनन् ।
भारी हिमपातका कारण लेकाली क्षेत्रका चोयाले छाएका गोठ तथा छाप्राहरु समेत पुरेको छ । कोशी राजमार्गको सिधुवादेखी वसन्तपुर र चैनपुर खण्डमा पुरैं हिउ जमेको छ । राजमार्गमा वाक्लो हि“उ जमेकाले सवारी साधान ओहोर दोहोर गर्न समस्या भएको छ । हिउँ परेसँगै यस क्षेत्रमा हजारौं आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो ।
हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले बसन्तपुर, मंगलबारे, चौकी, पाँचपोखरी गुफा, मिल्के, सुकेबजार लगायतका सडक तथा डाँडाकाँडा भरिभराउ हुने गरेका छन् । यस क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् ।