• लखनपुर,१९ पुस । झापाको कमल गाँउपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संगठन सुढृढिकरण कार्यक्रम अन्तर्गत आज आयोजना गरिएको टोल भेलामा नेकपा लगायतका दलहरु परित्याग गरि ३१ जना सर्वसाधारण कांग्रेसमा प्रवेश गरेका हुन् ।

    वडा सभापति खेम बाँस्कोटाको अध्यक्षतामा भएको सो कार्यक्रमका बीच पार्टीको एकता टोल समिति गठन गर्नुका साथै नवप्रवेशीहरुलाई अविर लगाई स्वागत गरिएको थियो ।
    उनीहरुलाई कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, पार्टीका नेता हुकुमसिंह राई ,कांग्रेस कमल गाँउसचिव देवी आङ्गदेम्बे लगायतकाले पार्टी प्रवेश गराएका थिए । नेकपाका शुभेच्छुक ती कार्यकर्ताहरुले कम्यूनिष्ट पार्टीले देशलाई समृद्धि बनाउने झुठो आश्वासन मात्र दिएकाले त्यो पार्टी छाडेर लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको वताएका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा राजेन्द्र सापकोटा,कृष्ण घिमीरे, नविन पोख्रेल, गोपाल खतिवडा, अमृत मग्रान्ती,केदार जिमी, सन्तोष पाण्डे,टिकामाया लिम्बु,खगेन्द्र रम्तेल,अम्बिका मग्रान्ती,दलबहादुर चौहान,ओमबहादुर वसेल लगायत रहेका छन् ।
    सोहि भेलाले मनमाया घिमीरे संयोजक , प्रकाश तिम्सीना सहसंयोजक, गोपिकृष्ण तिम्सीना सचिव र कोषाध्यक्ष कृष्णप्रसाद घिमीरे रहेको १३ सदस्यीय कांग्रेस एकता टोल समिति गठन गरिएको कांग्रेस कमलका सहसभापति तथा संगठन विभागका जिल्ला सदस्य राजकुमार न्यौपानेले जानकारी दिए । कांग्रेसले साविक लखनपुर भित्र कमल ५ मा ६,६ वडामा ७ र वडा नम्बर ७ मा विभिन्न ६ वटा टोल समिति गठन गरिएको समेत न्यौपानेले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…