•  

    मणिराम दाहाल

    लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका इटहरीका पुराना पत्रकार याम प्रधानको आफ्नै निवासमा निधन भएको खबरले स्तब्ध बनाएकाे छ । बि. स २०२४ माघ १० गते भोजपुरमा जन्मिएका प्रधानलाई सुनसरी अासपासकाे क्षेत्रमा पत्रकारिता जगतका अगुवा गुरू भनेर समेत मान्ने गरिन्छ । उनलाई पत्रकारिता क्षेत्रमा पु- याएकाे विशिष्ट योगदानको कदर गर्दै नेपाल सरकारले प्रेस स्वतन्त्र सेनानीको उपाधी बाट सम्मानित गरेको थियो। बाल्यकाल भोजपुरमा विताएर युवा अवस्थामा केही राम्रो काम गर्ने साेचले तराइ झरेका प्रधान ४ दाजुभाइ मध्ये साइला भाइ हुन । युवा अवस्था देखि नै पत्रकारितामा रुचि राख्दै यसै तर्फ सक्रिय रहेका स्व. प्रधान अरुकाे प्रेरणाकाे स्रोत बनेर सबै संग घुलमिल हुन रुचाउँने सादा जीवन उच्च विचारमा धनी ब्याक्ति थिए । उनि सर्वसाधारण देखि मूलुकका उच्च व्यातित्व संग समेत सकारात्मक सम्बन्ध कायम गरेर अाफ्नाे राम्रो परिचय बनाएका ब्याक्ति समेत हुन । पञ्चायत कालमा भ्रस्ट्रचार बिरूद्ध कलम चलाएर अावाज उठाउँदा प्रधानले लामाे समय सम्म जेल जीवन विताउँनु परेकाे थियाे ।

     

     

    प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी समेत रहेका थिए । पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लाे समय दुबै मृगौला फेल भएकाे कारण नियमित मृगौला डाईलेसिस गराउँदै राखिएकाे थियो ।
    मृगौलामा समस्या आएको कारण बिरामी भएर प्रधान थलिएका थिए । विशेष गरेर सुनसरीको इटहरीलाई कर्मथलो बनाएर गाउँ गाउँमा डुलेर खाेज मूलक समाचार लेख्न प्रधान रुचाउँथे । बिगत ३ दशक भन्दा बढी समय देखि पत्रकारिता पेशाबाट सम्मान पाएका अग्रज पत्रकार प्रधानको निधनले पत्रकारिता जगत स्तब्ध बनेको छ ।

     

     

    पत्रकारिता विधामा सक्रिय रहेर विभिन्न संघ संस्था तथा उच्च व्यातित्वहरुबाट समेत सम्मानित प्रधान विभिन्न जिल्लामा भएका कार्यक्रमहरुमा सके सम्म पुग्ने गर्थें । नेपाल सरकारकाे मातहतमा रहेकाे रासस काे सुनसरी समाचारदाताकाे रूपमा लामाे समय देखि काम गर्दै अाएका प्रधान पत्रकारिता जगतका धराेहर मात्र नभएर एक अार्दश ब्याक्तित्व समेत मानिन्छन । उनि सत्यमा अडिग रहेर कलम चलाउदै सकारात्मक रुपमा साेचेर लेख्नुपर्छ भन्ने भाव राखेर पत्रकारिता सिक्न चाहाने तथा गर्दै गरेकाहरु लाई राम्रो ज्ञान बाड्ने अार्दश गुरू थिए । उनले पत्रकारितामा लागेर गलत काम गर्न जानेनन् र अरु लाई सिकाएनन् पनि । प्रधानले जीवनमा पत्रकारिता बाहेक अरु केही गरेनन र गर्न चाहेनन । उनी विशुद्ध पत्रकार भएर परिचित भए ।

    पञ्चायती व्यवस्था विरुद्ध भएको आन्दोलन देखि नै पत्रकारितामा होमिएका प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको छ । प्रधानकाे निधनमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठन लगायतले दुःख प्रकट गरेका छन् । प्रधानकाे निधन भएको दुःखद खबरले सामाजिक संन्जालमा हार्दिक श्रद्धाञ्जली भनेर लेख्नेकाे कुनै कमि छैन । उनी सबैकाे मनमा अटाएर कसैलाई नबिझाई घाम झै अस्ताए । प्रधानकाे इटहरी स्थित बुढीगंगा मुक्तिघाटमा हिन्दु परम्परा अनुसार धेरै भन्दा धेरै मलामी जनका साथमा उनका छाेरी एलिसा प्रधानले पार्थिव शरिरमा दागवती दिएर धार्मिक विधि पूर्वक अन्तिम दाहसंस्कार गरिएकाे छ ।

     

    प्रधानका परिवारमा अहिले श्रीमती सन्ध्या प्रधान र एक मात्र सन्तान छाेरी एलीसा रहेका छन । पत्रकारिता जगतमा प्रधानले खेलेको भुमिका पत्रकार महासंघ लगायत अन्य क्षेत्र तथा इटहरी वासीले सदैव स्मरण गर्न याेग्य छ र गर्ने छन । समाचार लेखेर बांच्ने अथक योद्धा, पत्रकारहरुका सुख दुःखका सहयात्री, अग्रज तथा सञ्चार जगतका सम्पति प्रधान प्रती हार्दिक श्रद्धाञ्जली ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…