विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले पार्टी भित्रको भागबन्डाको राजनीतिले कांग्रेस इतिहासकै कमजोर पार्टी बन्दै गएको बताएका छन् ।
रेडियो स्टार ९३ दशमलम २ मेघाहर्जको लोकप्रिय कार्यक्रमू समय सन्दर्भ मा पत्रकार धिरज दाहालसग कुरा गर्दै कोईरालाले भागबण्डाको राजनीति अन्त्य नभएसम्म पार्टी सुदृढ बन्न नसक्ने बताएका छन् ।
सभापति शेर वहादुर देउवाले बहुमतको आधारमा महाधिवेशन मिति तय गरेपछि कांग्रेस भित्रको गुटको राजनीति छताछुल्ल भएको आरोप लगाउदै नैतिकताको राजनीति गर्न सुझाव दिएका छन् ।
घरमुलि नैतिकवान हुनु आवश्यक छ, कोईरालाले भने, गुटबन्दी गरेर बहुमतको दम्भमा घर भाड्नु त आश्चर्यजनक छ । कोईरालाले सभापति देउवालाई लामो समय राजनीति गर्नुभएको भन्दै, चार पटक प्रधानमन्त्री समेत भएको ब्यक्ति सच्चिनेमा आफु ढुक्क रहेको बताएका थिए ।
कोईरालाले नेता रामचन्द्र पौडेल र सभापति देउवाबीचको भागबन्डाका कारण पार्टीका भातृ संघ( संस्थाहरू लोप हुने खतरा बढेको भन्दै जिम्मेवार बन्न सुझाव समेत दिएका छन् ।
फरक प्रसंगमा केन्द्रीय सदस्य कोईरालाले सरकार भ्रष्टाचारको अखडा बन्दै गएकोले सरकार खोज्ने बेला आएको बताएका छन । नेकपाको सरकार सबैतिर त्रास फैलाउदै भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन ।