• धिरज दाहाल
    २० पुस, बिराटनगर ।
    परिवार नियोजन संघ, मोरङ शाखामा पुनः सन्तनु रेग्मी चुनिएका छन् । संघको ३० औ साधारणसभाबाट रेग्मी सभापति चुनिएका हुन ।
    संघको बिराटनगर स्थित कार्यालयमा आयोजित साधारणसभामा सचिव नितु बस्नेतले पेश गरेको सन् २०१८ को बार्षिक प्रगति प्रतिबेदन समेत पारित गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष हरिहर रिजालले पेश गरेको आर्थिक प्रतिबेदन समेत सर्वसम्मतिले पारित गरिएको छ ।

    संघको गत पुस १७ गते निर्वाचन कार्यतालिका प्रकाशित गरि उमेद्वारि दर्ताका लागि सुचना जारी गरेको थियो । तोकिएको समयमा उमेदवारि दावी बिरोध नपरेपछि सभापतिमा रेग्मी निर्विरोध निर्वाचित भएका हुन ।
    संघको महिला सदस्यहरूमा रत्ना कुमारी श्रेष्ठ, शान्ता रिजाल, नितु बस्नेत, शुभ ढुङ्गाना चुनिएका छन । त्यस्तै सदस्यहरूमा टंक बुढाथोकी, हरिहर रिजाल, सचिन निरौला चयन भएका छन । संघमा स्नेहा गुभाजु र आयुष्मा पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सिताराम राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…