• पथरी । पथरीशनिश्चरे त्रिवेणी चोकको साझा लाइनमा डेरा गरी बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालिका रीना बस्नेतको मृत्युले धेरैको दिमाग हल्लाएको थियो । मृत्युको ९ महिना बितिसक्दा पनि घटना कसले घटाएको भन्ने एकिन हुन सकेको छैन । तत्कालीन अवस्थामा इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईं नेतृत्वको टोलीले सो घटनाको अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान फितलो भयो भनेर स्थानीय व्यापारी तथा पथरीबासीको गुनासो पटक–पटक नआएको पनि होइन । उद्योग वाणिज्य सङ्घ पथरीले रहस्यमय मृत्यु नभई हत्या भएको भन्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनको ध्यान आकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

    पथरी बजारमा एकपछि अर्को हत्याका घटना बढ्नु सुरक्षाको हिसाबमा गम्भीर भएको बताउँदै घटनाक्रमलाई अध्ययन गरेर सुरक्षा रणनीति तय गर्न नसक्नु स्थानीय प्रहरी प्रशासनको कमजोरी भएको विज्ञप्तिमा उल्लेख थियो । वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, लायन्स क्लब अफ पथरीका उपाध्यक्ष टीकाप्रसाद दङ्गाल र लायन्स क्लब अफ पथरी योङ हार्टका अध्यक्ष केदार बोहोराले नगरप्रमुख दिलिपकुमार राई र इप्रकालाई शान्ति सुरक्षा मजबुत बनाउन पहलको माग गर्दै ध्यानाकर्षण–पत्र बुझाएको थियो ।

     

    नगर प्रमुख राईले रीना बस्नेत मृत्यु प्रकरणसहितका आपराधिक शृङ्खलाबाट चिन्तित हुँदै घटनाहरूबारे सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न प्रशासनसँग सहकार्य गर्ने जनाएका थिए । रीना बस्नेतको प्रेमी भनिएका कमल नेपालले बेलबारी इप्रकामा गएर आत्मसमर्पण गरेका थिए । राति १२ बजेसम्म उनी कमल नेपालसँग फोनमा कुरा गरेको उनका छोराले बयान दिएपछि उनलाई प्रहरीले अनुसन्धानको लागि बोलाएको थियो । कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइएपछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको तत्कालीन इन्स्पेक्टर कमल बजगाईंले बताएका थिए । सोधपुछपछि नेपाल केहीदिनमै छुटेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…