• नेपालमा लोडसेडिङ हटेको लामो समय भयो। नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई बेलामा–बेलामा बिजुली खपत बढाउन आग्रह पनि गरिरहेकै छ।

    तर हिजोआज फेरी लोडसेडिङको झल्को दिदैं बिहान–बेलकी झ्याप्प–झयाप्प बत्ती जान थालेको छ।

    घरको काम गर्ने बेलामै बिजुली नहुँदा सर्वसाधारण फेरी लोडसेडिङ त सुरु भएन भनेर शशंकित छन्।

    हामी यही प्रश्न बोकेर नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी काहाँ पुग्यौं।

    विना सूचना बिजुली काटिएको स्वीकार्दै अधिकारीले लोडसेडिङ नभएको स्पष्ट पारे।

    बिजुलीको माग छोटो समयमा अत्याधिक बढेकाले ‘ट्रिप भएको’ (बत्ती जाने गरेको)अधिकारीले जानकारी दिए।

    ‘सामान्यतया काठमाडौं उपत्यकाको माग ३ सय ५० मेघावार्ट हो। पछिल्लो समय काठमाडौंमा अत्याधिक चिसो बढेपछि हिटिङ लोड बढेर विद्युतको माग ४०० मेघावार्ट नाघेको छ। यो माग उपत्यकाको संदर्भमा असामान्य हो,’ उनले भने।

    यो समस्या हल गर्न प्राधिकरणले सव स्टेसनहरुको क्षमता बिस्तारमा काम अघि बढाइरहेको उनले जानकारी दिए।

    प्राधिकरणले भक्तपुर सब स्टेसनमा २२.५ एमबिएको ट्रान्सफर्मर जडान गरेर संचालनमा ल्याइसकेको छ।

    ‘त्यसले गर्दा त्यहाँबाट विद्युत प्रवाह हुने ठाउँमा धेरै सुधार भइसकेको छ,’ उनले भने ‘स्विचाटारको सब स्टेसनमा पनि ३० एमबिएको ट्रान्सफर्मर जडान भइसकेको छ’,उनले भने।

    त्यस्तै, शहरभित्रको वितरण प्रणली चुस्त बनाउन विभिन्न ठाउमा ट्रान्सफर्मर फेर्ने र फिडर लोड परिर्वतन गर्ने काम तीब्र रुपमा भइरहेको उनले बताए।

    ‘कतिपय फिडरहरु ओभरलोड छन्। ओभरलोड भएर सिस्टम ट्रिप हुन्छ। ‘ओभरलोड हुने फिडरबाट त्यो लोड अर्को नजिकको फिडरमा सारिरहेका छौं। कतिपय ठाउँमा नयाँ फिडर निमार्ण गरिरहेका छौं,’ उनले सेतोपाटीसगँ भने ‘गोदावरी र चापागाउँ फिडर ओभरलोडमा थियो, त्यसको ओभरलोड कम गर्न अर्को फिडर थपेर लोड कम गर्यौं।’

    उनले विद्युतको अभाव नभएको र एक हप्ता भित्रै बत्ती जाने समस्या धेरै मात्रामा हल हुने प्रतिवद्धता जनाए।

    त्यस्तै, प्राधिकरणकै आग्रहको कारण पनि विद्युतको माग बढेको उनले जानकारी दिए।

    ‘यो आर्थिक वर्षमा निजी क्षेत्रबाट १ हजार मेगावाट आउँदै छ, हिउँदमा केही अपुग भएपनि अरु समयमा प्रशस्तै पुग्छ,’ उनले भने ‘त्यही भएर हामीले जनतालाई खाना बनाउन, कोठा तताउने लगयतको काममा विद्युत प्रयोग गर्न प्रत्साहन गर्यौं, यो त्यसको पनि असर हो।’

    अहिलेको समय पुरै उत्पादन भैनसकेको, अत्याधिक खपत हुँदा धान्नसक्ने संरचना बनिनसकेको र विद्युत प्रयोग गर्न हौसाउनु पर्ने ट्रन्जिक्सन पिरियड रहेकोले लोड धेरै बढेर झ्याप्प झ्याप्प लाइन गएको अधिकारीले जानकारी दिए।

    अहिल्यैबाट जनतालाई विद्युत प्रयोगमा प्रोत्साहन नगरेपछि नेपालको बिजुली खेर जाने र इन्धनमा भने पैसा विदेशिने भएर बिजुली प्रयोगमा हौसाउनु परेको उनले बताए।

    ‘अहिले नेपालमा विद्युत खपत २४५ युनीट पर क्यापिटल इलेक्ट्रीसिटी छ। हामीले ५ वर्षपछि २०२३ मा यसलाई बढाएर ७ सय युनिट पुर्याउने र त्यसको ५ वर्षपछि २०२८ मा १५ सय युनिट बनाउने लक्ष छ। त्यसैले ग्राहकलाई विद्युत प्रयोगमा प्रोत्साहन गरिरहेका हौं,’प्रवक्ता अधिकारी भने।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…