• विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे आफैँ पुगेर ४६ जना सडक बालबालिकाको उद्दार गरेका छन् । शुक्रबार र शनिबार राति घिमिरे आफैँ पुगेर बालबालिकाको उद्दार गरेका हुन् ।

    शुक्रबार राति मन्त्रीसहितको टोली धरानस्थित सडक बालबालिका आश्रित भएको स्थान पुग्दा बालबालिकाहरू सुत्ने तयारी गर्दै थिए । चिसोमा कठ्याँग्रिएर बसेका १४ बालबालिकासहित ३० जनाको उद्दार गरी सेफ हाउस लगिएको थियो ।

    धरानबाट उद्दार गरिएकाहरुलाई भ्वाइस अफ चिल्डेन पुनस्थापन गृहमा राखिएको छ । मन्त्री घिमिरे धरान पुग्दा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ पनि सडक बालबालिकाको उद्दारका लागि धरान पुगेका थिए ।

    शुक्रबार राति धरानबाट उद्दार गरिएपछि शनिबार दमकबाट १५ सडक बालबालिकाको उद्दार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए । मध्यरातमा सडक पेटीमा कष्टकर रूपमा रात कटाइरहेकाहरूलाई उद्दार गरी सेफ हाउसमा राखिएको सामाजिक विकासमन्त्री घिमिरेका सहयोगी राम पोखरेलले जानकारी दिए ।

    चालु आर्थिक वर्षमा एक नम्बर प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने घोषणा अनुसार रात्रिकालीन समयमा सडक बालबालिका उद्दारको काम तीब्र बनाइएको मन्त्री घिमिरेले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…