उर्लाबारी । सामाजिक अभियन्ता भिम थापाको विषेश अगुवाईमा उर्लावारी- ४ निवासी समाजसेवी अशोक भण्डारीको आर्थिक सहयोगमा विपन्न समुदायहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
उर्लावारी-३का मा एक कार्यक्रमको आयोजना गरी आइतबार उनीहरुलाई ओढ्ने सिरक र न्यानो कपडा वितरण गरिएको हो ।
नेपाली काङ्ग्रेस वडा न. ४ का संयोजक सन्तोष भण्डारी स्थानीय समाजसेवि चेतन कोईराला , ईन्दु भट्टराई , डा. हरिबाबु दाहाल लगायत वडा सदस्य सोमनाथ तिमल्सिना र तुलसा घिमिरेको उपस्थितिमा कपडा वितरण गरिएको थियो ।
सिता रायामाझीले सञ्चालन गरेको उक्त कार्यक्रममा वडाध्यक्ष कार्कीले सहजीकरण गरेका थिए । उनले लागत संकलन गरेर कपडा वितरण गरेका हुन् ।
हाल काठमाडौ निवासी युवा व्यवसायि भण्डारिले गत साल बाढिपिडितलाई पनि सहयोग गरेका थिए ।