• काठमाडौँ, २१ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

    सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल आज देउवा निवास बूढानीलकण्ठ पुग्नु भएको थियो । सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा छलफल भएको बुझिएको छ ।

    शान्ति प्रक्रियाका अरु काम पूरा भएपनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजबिनका विषयमा ठोस उपलब्धि हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ ।

    अध्यक्ष दाहाल र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो । सभापति देउवासँगको छलफललगत्तै अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेतछलफल भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…