• काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले काँग्रेस नेतृत्वलाई ध्यनाकर्षण गराएका छन् । पार्टी अनुदार र असहिष्णु भएको गुनासो गर्दै उनीहरुले सभापति देउवाइतर पक्षका जिल्ला सभापतिहरुको पार्टी कार्यालय सानेपामा सोमबार सुरु भएको भेलामा चार बुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

    ध्यानाकर्षणपत्रमा नेपाली काँग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    त्यस्तै महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ ।

    सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेसनको मिति तोकेका थिए । उक्त बैठकमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह अनुपस्थित भएको थियो ।

    सभापतिहरुको ध्यानाकर्षणपत्रमा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने, पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब सुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने सभापतिहरुको माग छ । भेलामा ४१ जिल्ला सभापतिहरुको सहभागिता रहेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…