• उर्लाबारी,२२ पुस । मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले समेत नियमित तलव भत्ता बुझ्ने गरेको खुलासा भएको छ ।

    े फलोअप न्युजका लागि रातोकलम डटकमले गरेको खोज रिपोर्टिङका क्रममा यस्तो खुलासा भएको हो । तीन दिन यता रातोकलम डटकमले सहकारीका नाममा अबैध धन्दा चलाउने सुदर्शनका सहकारीका विषयमा वास्तविकता खोजिरहको छ । अध्यक्ष चिरञ्जिवी भट्टराईले नियमित रुपमा मासिक २२ हजार तलव बुझे पनि उक्त तलवबाट सामाजिक सुरक्षा कर कट्टी नगरेको देखिएको छ । अध्यक्ष भट्टराईले मात्र होइन , सञ्चालक समितिका अन्य पदाधिकारीहरूले पनि पारिश्रमिक बुझ्ने गरेको समाचार स्रोतले दाबी गरेको छ ।

    अझ रोचक कुरा के भेटिएको छ भने , संस्थाका कर्मचारी यादव भण्डारीले दुई वटा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । भण्डारी संस्थामा कर्मचारी,सञ्चालक समेत हुन् । सहकारी ऐन २०७४ को परिच्छेद ६ को ४१ (६) मा ब्यवस्था भए अनुसार सहकारी संस्थामा एकै ब्यक्तिले कर्मचारी र सञ्चालकको भूमिकामा बस्न पाउँदैनन । त्यसरी बसेको भएपनि ऐन लागु भएको १ वर्ष भित्र दुई मध्ये एक पद छोड्नु पर्छ । तर,सुदर्शन सहकारी र भण्डारीलाई उक्त कानूनले छोएको छैन् ।

    सहकारीको वार्षिक प्रतिवेदनमा सदस्य आवद्धता सङ्ख्या ६ हजार ३१३ उल्लेख भए पनि सहकारी संस्थाबाट शेयर प्रमाण पत्र पाउने सदस्यको सङ्ख्या ५२ जना मात्र रहेको खुलेको छ । समाचार स्रोत दाबी गर्दै भन्छ– ५२ जनालाई कर्जा लगानी गर्दा लिइने ब्याज र आवद्ध सदस्यलाई लिइने ब्याजको अन्तर ७ प्रतिशत रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…