मोरङ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले बसोबासको आधारमा जग्गा धनिपुर्जा माग गर्दै मोरङको पथरीशनिश्चरे नगरमा आज (माघ २२)मा ज्ञापनपत्र बुझाएको छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बूको टोलिले नगर प्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा बसोबासको आधारमा ६ महिना भित्र धनिपुर्जा दिनुपर्ने, ५ कट्ठा भन्दा कम जग्गा उपभोग गर्नेहरुलाई निशुल्क र त्यो भन्दा बढी भएकाला न्युनतम राज्स्वमा पुर्जा दिनुपर्ने, सुकुम्बासीको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
पत्र बुझाउन अध्यक्ष लिम्बू, सचिव कुवेरमान घतानी र पृतम लिम्बू नगरपालिका पुगेका थिए ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुखले यहि विषय लिएर आफूसहितको टोलि पुन संघीय मन्त्रालय जान लागेको बताए । नगरपालिका धनिपुर्जा वितरण को लागि निरन्तर पहलमा रहेको दोहोरो स्वामित्ववाला समस्या समाधानको लागि सरकारले आँट गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।
पथतीशनिश्चरेमा २१६ जना जग्गाधनिको नाममा रहेको २४३ बिगाहा १८ कट्ठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको प्रमुख राईले बताए । कानेपोखरीमा २५० बिगाहा जति यस्तै जग्गा रहेकोले दुबै पालिकाको समस्या समाधानको लागि संघीय सरकारका मन्त्रीहरुसँग छलफल गर्न जान लागेको प्रमुख दिलिपकुमार राईले बताए ।
टोलिने जोतभोगको आधारमा धनिपुर्जा दे, भू माफियालाई कार्बाही गर, लगायतको नारा लेखिएको ब्यनर नगर परिसर भित्रको भित्तामा टाँसेका छन ।
सो समितिले पुस २६ गते पथरी बजारमा आमसभा गर्ने घोषणा गरेका छ्न । पुस १९ गते भएको नगरको सुकुम्बासीहरुको भेलाले मौसम लिम्बूको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको हो । यस अघि जहरमान लिम्बूको अध्यक्षतामा सुकुम्बासी समिती रहेको थियो । भेलामा जहरमा लिम्बू अध्यक्ष बस्न नमानेपछि सल्लाहकार राखिएको छ