पुष्कर खड्का
रामेछाप - रामेछाप उद्योग बाणिज्य संघको अध्यक्षमा दुईजनाको प्रतिस्पर्धा हुने भएको छ । बाणिज्य संघको आगामी अध्यक्षका लागि वर्तमान महासचिव जगन्नाथ दाहाल र वर्तमान वरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे बिच प्रतिस्पर्धा हँुदै छ ।
७५ प्रतिशत बढि मत ल्याएर रामेछाप उद्योग बाणिज्य संको अध्यक्षमा आफु बिजयी हुने दाहाले दाबि गरे । २०५८ सलादेखी लगातार दुई कार्यकाल प्रथम उपाध्यक्ष र २ पटक महासचिव बनिसकेको र आफुसंग उद्योग बाणिज्यको क्षत्रमा लामो अनुभव र दक्षता भएकाले उद्योग बाणिज्य क्षेत्रलाई बुझेका ७५ प्रतिशत बढि मतदाताले आफुलाई मत दिने दाहालको विश्वास छ ।
उनले जिल्लाको उद्योगी व्यवसायीहरुको हक, हित , व्यापार पर्वद्धन गर्न सक्ने कुशल नेतृत्व गर्ने क्षेमत आफुमा भएको बताए । बजारमा पुर्व सहमतिका धेरै कुराहरु आएपनि के सहमति भएको थियो त्यसको आधार कसैसंग नभएकाले हल्लाको पछि नलाग्न पनि उनले सवैलाई आग्रह गरे ।
बरिष्ठताका आधारमा अर्का उम्मेदवार घिमिरे भन्दा आफु धेरै अगाडी भएपनि सहमतीमा अगाडी बढ्नका लागि आफुले सक्दो प्रयास गर्दा पनि उनी सहमतीबाटै भागेको आरोप लगाए ।
यता अर्का अध्यक्षका दाबेदार घिमिरेले भने गत नेतृत्व आउँनुअघि आफुलाई अध्यक्ष बनाउँने गरी भएको सहमती र व्यवसायी साथिहरुले पनि आफ्नो नेतृत्व चाहेकाले जीत हुने निश्चयका साथ आफुले अध्यक्षको उम्मेदवारी दिने बताए । पुर्व सहमति कार्यान्वयनका लागि पटक पटक संघका पुर्व अध्यक्ष वर्तमान अध्यक्ष र दुई उम्मेदवार बिच सहमतिमा अध्यक्ष बन्ने बारे छलफल भएपनि सहमति हुन नसकेकाले आफुले लोकतान्त्रीक विधिको निर्वाचनमा जाने निर्णय गरेको उनको भनाई छ ।
उद्योग बाणिज्य संघ रामेछापको नयाँ पदाधिकारी छनौटका लागि आगामी ५ गते निर्वाचन हँुदै छ । यसका लागि पौष २५ गते मतदाता नामावली प्रकाशन , पौष २६ र २७ गते दाबि विरोध तथा त्रुटी सच्याउँने र पौष २८ गते विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम अनुसार तयारी भैरहेको रामेछाप उद्योग बाणिज्य संघको सचिवालयका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए ।
अध्यक्ष एक , बरिष्ठ उपाध्यक्ष एक, वाणिज्य उपाध्यक्ष एक, उद्योग उपाध्यक्ष एक, महासचिव एक, सचिव एक ,कोषाध्यक्ष एक , महिला सदस्य एक , आजीवन सदस्य एक र खुला सदस्य पाँच जना गरी १४ जनाको नयाँ नेतृत्व छनौटका लागि आगामी माघ ५ गते हुने सातौ जिल्ला अधिवेशनमा १ हजार ९९ जना मतदाताले आफ्नो मत दिदैछन् ।