• भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अहिलेको पत्रकारिता देख्दा आफूलाई मन्त्रीबाटै राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले एउटा कुराभन्दा पूर्वदृष्टि राखेर अर्काे कुरा उल्लेख गरेर समाचार प्रस्तुत प्रवृतिको अहिलेको पत्रकारिता देख्दा आफूलाई मन्त्रीबाटै राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताएका हुन् ।

    आफूले पनि वर्षाैं पत्रकारिता गरेको स्मरण गराउँदै सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गर्दै उनले भने, ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।’

    यदी संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुनै खतरा आए आफैँ मन्त्रीबाट राजीनामा दिएर प्रेस स्वतन्त्रताको आन्दोलनमा होमिने जानकारी दिँदै मन्त्री बाँस्कोटाले भने, ‘सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा लिएको छैन । अब कमिसन पत्रकारिता धेरै चल्दैन । पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्को भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण अब बन्नुपर्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…