• पुष्कर खड्का
    रामेछाप - रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले मानवअधिकारमैत्री गाउँपालिका बन्ने गरी काम गर्ने बताएको छ ।

    मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापले संयुक्त रुपमा आयोजना गरेको पालिका स्तरीय मानवअधिकार सञ्जाल गठन तथा मानव अधिकार संरक्षण र संवर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रमको अभिमूखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले सो कुरा बताएका हुन् ।

    गाउँपालिकालाई मनवअधिकारमैत्री बनाउन पालिका सामाजिक संस्था र नागरिकसमाजसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले पालिकाका पदाधिकारीले मात्र अनुगमनको काम गर्न नसक्ने भएकोले यसमा नागरिक समाज, सञ्जाल र समुहले सहयोग गर्नु पर्ने बताइन् ।

    वडा नं ८ का वडाअध्यक्ष इन्द्रबहादुर तामाङले काम गर्दा भएका कमजोरीलाई नागरिक समाले उठाइदिनु पर्ने बताए । कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले नागरिकले देखेको कुरा बोल्ने र सुधारको लागि सहयोग गर्ने बताए। यसले पनि धेरै कुरा सुधार गर्न सकिने उनको भनाई थियो ।

    सो पालिकामा दिपकबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यि गाउँपालिका स्तरीय मानवअधिकार संरक्षण सञ्जाल गठन भएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…