• काठमाडौं, २३ पुस । पिएका कारण आलोचित भए पनि व्यक्तिगत रुपमा स्वच्छ छवि बनाएका लालबाबु पण्डितलाई हटाएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइएका ह्दयेश त्रिपाठीको अहिले मन्त्रालयमा बसेर गर्ने मुख्य काम नै नेकपा सिध्याउने, भ्रष्ट र बदनामलाई च्याप्ने रहेको छ ।

    नेकपा होइन, अर्कै पार्टीको मान्छे हुँ भन्दै नेकपानिकट कर्मचारीलाई आवश्यक ढंगले पेल्ने, दुर्गमतिर सरुवा गर्ने र घुस खान सजिलो वातावरण बनाउकै लागि मन्त्रालय सहसचिवसहितका कर्मचारीको सेट नै परिवर्तन गर्ने खेलमा लागेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पाँच जना सहसचिवको दरबन्दी भए पनि अहिले यहाँ भूपाल बराल, बाबुराम अधिकारी, केदार पनेरु, जयनारायण आचार्य गरी चार जना कार्यरत छन् । तर, मन्त्री त्रिपाठी ती सहसचिवलाई नेकपाको बिल्ला भिराएर भ्रष्टाचार गर्नकै लागि नयाँ सहसचिव ल्याउने तानावाना बुन्न व्यस्त छन् ।

    सरुवामा अधिकतम पारदर्शिता अपनाउनु पर्छ भन्ने मान्यताका पक्षपाती सहसचिव बाबुराम अधिकारीलाई उनले सबैभन्दा बढी तारो बनाएका छन् ।

    हरेक सरुवामा पैसा खान पल्केका भन्दै कर्मचारी वृत्तमा बदनाम दुई उपसचिव चन्द्र फुयाँल र पर्व सापकोटा पनि बाबुरामले जथाभावी सरुवा गरेर खान दिएन भन्दै मन्त्रीको अभियानको सारथी बनेको बताइन्छ ।

    विशेष गरी २ नम्बर प्रदेशका स्थानीय निकायमा काम गर्ने प्रशासकिय अधिकृत र अन्य कर्मचारी असुरक्षित महसुस गर्दै सरुवा माग्न आउने गरेका छन् ।

    तिनीहरुसँग घुसबापत रकम लिएर पहाडी जिल्लामा सरुवा गर्ने गरिएको स्रोतको दाबी छ । नियमत प्राविधिक तर्फको कर्मचारीलाई प्रशासकीय अधिकृत बनाउन पाइदैन–मिल्दैन ।

    तर, मन्त्री त्रिपाठीले घुस लिएर धमाधम प्राविधिकलाई प्रशासकीय अधिकृत बनाउँदै पठाउन गरेका छन् । उनले प्रत्येक सरुवामा घुस गिन्ती गरेर मात्र लिने र उसले भने अनुसारको ठाउँमा पठाउने गरिएको छ । मन्त्री त्रिपाठी अहिले कर्मचारी समायोजन फिर्ता गर्छु भन्दै हिडेका छन्, बुधबारमा उल्लेख छ ।

    जबकी ऐनअनुसार भएको समायोजन उनले आफूखुसी बदर गर्न नै मिल्दैन । त्ययसका लागि संसद्बाट ऐन नै परिवर्तन गर्नुपर्ने हुन्छ । तर, घुस खान सहसचिवहरुका कारण अप्ठेरो महसुस गरेर उनी रन्थनिए सहसचिव हटाउनेदेखि ऐनविपरित अभिव्यक्ति दिनमा तल्लीन रहेको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…