• किभ, २३ पुस : इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।

    इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।

    विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेख्नु भएको छ ।

    यसैबीच युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्क्सीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गर्नुभएको छ ।

    युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो ।

    विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् ।

    विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको मृत्यु भएको पुिष्ट गर्नुभएको हो । उहाँले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…