• पुष २३, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकामा लामो समय देखिको जन–प्रतिनिधि र कर्मचारी विचको विवादले उग्र रुप लिएको छ ।
    बुधावार नगरको एक मात्र अस्पताल नगर अस्पतालमा पुग्दा त्याहाँ कार्यरत डाक्टर अस्पतालमा नभेटिएपछि सोको खोजिनिति गर्दा उप–मेयरले अस्पतालमा कार्यरत डाक्टरलाई आफुसगै लिएर गएको कुरा बाहिर आएको हो ।

    अस्पतालमा २ जना डाक्टरहरु कार्यरत भएतापनि बुधवार कार्यालय समयमा अस्पताल परिसरमा डाक्टर नभेटिए पछि हामीले नगर स्वाथ्य संयोजक मुरारी आर्चायलाई सो वारेमा बुझ्दा आर्चायले भने –“उप–मेयर सावले जनताको सेवा गर्नु पर्छ भन्दै अस्पतालमा कार्यरत एक जना डाक्टरलाई आफुखुसी लिएर गएपछि अस्पताल खाली भएको हो ।”

    उप–मेयर सावले टेलिफोनमा डाक्टर पठाईदिन आग्रह गर्नु भयो तर अस्पतालको अवस्था अनुसार नमिल्ने भएपछि एम्वुलेन्स र स्वास्थ्यकर्मी पठाएर अस्पतालमै ल्याँउ अनि उपचार गरुँ भन्दा पनि उहा मान्नु भएन बरु उल्टो उहाले आफ्नो पदिय शक्तिको दुरुपयोग गर्दै दम्भ देखाएर नै डाक्टरलाई नै लैजानु भयो ।

    उप–मेयरले पदिय शक्तिको प्रयोग गर्दै अस्पतालमा कार्यरत डाक्टरहरुलाई विभिन्न समयमा घर–घरमा पठाएर उपचार गराउनु आफुलाई निर्देशन दिने गरेको समेत बताउनु भयो ।

    अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत डाक्टरलाई एक जना व्याक्तिको उपचारको लागि भनेर लैजानु जायज नभएको आर्चायको भनाई रहेको छ ।

    २ जना डाक्टर अस्पतालमा कार्यरत रहेपनि एक जना डाक्टर अस्पतालकै कामको शिलशिलामा नगरपालिकामा रहेको आफुले उप–मेयर लाई जानकारी गराउदा गराउदै पनि मैले बोलेपछि “सक्कियो” भन्दै अस्पतालमा कार्यरत डाक्टरलाई आफुसग लिएर गएको आर्चायले बताउनु भयो ।

    नेपाल सरकारले खटाएका डाक्टरहरु लाई स्वास्थ्य सस्थामा रहेर सेवा गर्ने प्रवाधान भएपनि विभिन्न राजनैतिक पृष्ठभुमि बाट आएका जन–प्रतिनिधिहरुले आफ्नो सस्तो राजनैतिक स्वार्थ र लोकप्रियता लाई कायम राख्न पदको दुरुपयोग गर्दै मनोमानी गर्दा जन स्तरमा सेवा दिन असहज भएको आर्चायको आरोप रहेको छ ।

    यता सो बारेमा नगर उप–प्रमुख यमुना विष्टलाई बुझ्दा विष्टले आफुले पदको दुरुपयोग गरेर डाक्टरलाई लिएर नगएको बताउनु भएको छ ।
    विष्टले भन्नुभयो–“अनुगमनको सिलसिलामा आफुले वडा नम्वर ३ मा एक जना जेष्ठ नागरीक विरामी परेको भेटेपछि नगर स्वाथ्य संयोजक लाई टेलिफोन गरी डाक्टर पठाइदिन अनुरोध गर्दा उहाले पठाउन मिल्दैन भन्ने जवाफ दिए पछि आफै अस्पतालमा पुगेर एक जना डाक्टरलाई विरामीको घरमा लगेर उपचार गराएकी हुुँ, लगभग १ घण्टा पछि फेरी आफ्नै गाडिमा राखेर अस्पतालनै छोडेकी पनि हुँ ।”

    नगरले जेष्ठ नागरीकको लागि दिने सेवा अन्र्तगतकै कार्यमा आफु नगरपालिकाको जिम्मेवार पदमा रहेकोले सोको कार्यान्ययन गराएकी हुँ पदको दुरुपयोग गरेर राजनैतिक लोकप्रियता लाई कायम राख्न कर्मचारीको दुरुपयोग गरेकी छैन ।

    संयोजकले ज्युले आफुले गरेका कमजोरी हरु कहिलै देख्नु हुन्न उहाले गरेका कमजोरी हरुमाथी प्रश्न गर्दा सोको जवाफ नदिएर व्याक्तिगत प्रतिशोध साध्नकालागि मात्र पदको दुरुपयोग गरेको आरोप लगाउनु भएको हो ।

    हुन त देश संघिय प्रणालीमा गए सगै सिहदरवारको अधिकार गाउ–गाउमा आएको छ गाउमा अधिकार मात्र आएन अधिकारको रक्षा गर्ने रक्षकहरु पनि सगै आए तर आफ्नो अधिकार कति र के कुरामा लागु गर्ने भन्ने हेक्का हुन जरुरी रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…