• झापा  । झापाको गौरादहको उद्योग बाणिज्य संघ भित्र ठूलो आर्थिक अनियमितता भएको पाइएको छ । झापा उद्योग बाणिज्य संघबाट २०७३ सालमा गौरादह उद्योग बाणिज्य संघमा रुपान्तरण भएको संस्था गोठाले प्रवृतिबाट सञ्चालन भएपछि पत्याउनै नसकिने गरी आर्थिक अनियमितता भएको खुलेको हो । पदाधिकारीहरूले लामो समयसम्म संघलाई नवीकरण सम्म नगरीकन राखेको र चुनावी साधारण सभाको पूर्व सन्ध्यामा हिसाब किताब मिलान गरी साधारण सभा ठाकिएको स्थानीय ब्यापारीहरूको आरोप छ ।

    उद्योगी,ब्यापारीहरूले हिसाब किताब पारदर्शी हुनुपर्ने माग राख्दै आएका थिए । तर, अध्यक्ष र महासचिवको बलले सदस्यहरुको आँखामा छारो हाल्दै आय–ब्यय सार्वजनिक नगरी साधारणसभा सक्नुलाई सदस्यहरूले गम्भीर रुपमा लिएका छन् । उद्योग वाणिज्य संघ जस्तो प्रतिष्ठित संस्थाको नाममा हाल सम्म बैंक खाता नै छन । खाता नभएको कारण लेखा परीक्षण प्रतिवेन समयमा तयार पार्न नसकेको र सोही कारणले साधारणसभा समेत प्रभावित भएको कुरा पदाधिकारीहरु नै स्वीकार्छन् ।

    संघको साधारणसभा पुस १९ गते गरियो । हालको पदाधिकारीको कार्यकाल पूरा भएकोले नयाँ नेतृत्व चयनका लागि माघ १८ गते निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।ओैपचारिकता मात्र पूरा गर्न गरिएको जस्तो देखिने साधारणसभामा व्यावसायीहरुको निरासाजनक उपस्थिति रहेको थियो ।

    कुनैपनि संस्थाको साधारणसभा गर्दा संस्थाको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ तर ओैपचारिकता मात्र पूरा गर्न आयोजना गरेको देखिने गौरादह उद्योग बाणिज्य संघले आर्थिक विवरण समेत प्रस्तुत नगरेपछि व्यावसायीहरुबाट संकलन गरिएको रकमको व्यापक हिनामिनाको आशंका गरिएको छ । ।

    संघको वर्तमान नेतृत्व जीवन कुमार राईको हातमा रहेको छ भने महासचिव निर्मल बास्तोला हुनुहुन्छ ।संघको खाता किन खोलिएन भनेर ब्यापारीहरूले जिज्ञासा राख्दा महासचिव बास्तोलाले जवाफ दिन नै सक्नु भएन , एक असन्तुष्ठ ब्यापारीले गुनासो गर्नुभयो । नेपाली कांग्रेस र नेकपा परस्पर बिरोधि दलबाट निर्वाचित भइ मुख्य जिम्मेवारी सम्हालेका अध्यक्ष र महासचिवको कार्यशैली गैरजिम्मेवारपुर्ण रहेको भन्दै व्यावसायीहरुले तिब्र आक्रोश पोख्दै आएका छन् ।कार्यकालको लामो समयसम्म एउटा पनि प्रभावकारी कार्य गर्न नसक्नुले नै पदाधिकारीहरुको कार्यशैलीमा प्रश्नचिह्न खडा गरेको छ ।

    राष्ट्रिय कलाकार ल्याएर आयोजना गरिएको दशैं महोत्सवलाई अहिलेको नेतृत्वले ठूलो उपलब्धिको रुपमा लिएको छ । ऐतिहासिक भनिएको उक्त महोत्सवको हिसाब किताब नै सार्वजनिक गरिएको छैन । नगद ३ लाख रुपियाँ लिएर बाणिज्य संघको लोगो बिक्री गरी महोत्सव आयोजना गर्नु दिनु नै पदाधिकारीहरूको गैर जिम्मेवार काम भएको ब्यापारीको आक्रोस छ । त्यही ३ लाख रुपियाँ पनि पदाधिकारीले ब्यक्तिगत प्रयोजनमा चलाएको समेत केही ब्यापारीले आरोप लगाएका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…