• काठमाडौं। स्वास्थ्य उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय चिकित्सकविरुद्ध उजुरी बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार गत असारदेखि हालसम्म एक सय उजुरी परेका छन् । अधिकांश उजुरी चिकित्सकको लापरबाहीसँग सम्बन्धित छन् । मुलुकभर २६ हजार ३ सय ४६ दर्तावाल चिकित्सक छन् । मुख्यतः चिकित्सकको लापरबाही, दुव्र्यवहार, ठगी, अयोग्य चिकित्सकले उपचार गरेकोलगायत उजुरी आउने गरेको मेडिकल काउन्सिलले जनाएको छ ।

    यस्तै, व्यक्तिगत रिसिइबी, चिकित्सकले अन्यत्र रिफर गर्न बाध्य पारेकोलगायतका उजुरी पनि दर्ता हुने गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले उजुरीको तथ्यांक एकीकृत गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘इथिकल कमिटीले उजुरीमाथि अध्ययन गर्छ । कति उजुरी परे, कति टुगिंए, कति अनुसन्धानका क्रममा छन् भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’

    मेडिकल काउन्सिलमा इथिकल कमिटी छ । व्यक्तिगत, इमेल, नाम परिवर्तन गरेर र कसैले आफ्नै नाममा उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ । अपराधसंहिता २०७४ मा लापरबाही वा हेलचेक्य्राइँ गरी उपचार गर्न नहुने उल्लेख छ । व्यक्तिले कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याइँ गरी उपचार गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने संहितामा भनिएको छ । लापरबाहीपूर्वक कसैको ज्यान गएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना र हेलचेक्र्याइँ गरेका कारणबाट मरेको वा अंगभंग भएकामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने उल्लेख छ ।

    यसैबीच, चिकित्सकले कुनै औषधि लेखेबापत थप सुविधा, कमिसन वा बोनस लिने गरेको पाइएको हुँदा यस्तो कार्य नगर्न नेपाल मेडिकल काउन्सिलले सबैमा आग्रह गरेको छ । यस्ता कार्य आचारसंहिताविपरीत भएकाले सचेत रहन पनि काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताविपरीत कार्य नगर्न वा नगराउन दर्तावाल चिकित्सकलाई अनुरोध गरिन्छ । स्वास्थ्य क्षेत्रमा गैरव्यावसायिक आचरण वृद्धि हुँदै गएको तथा बिरामी प्रेषण गर्दा आर्थिक लाभ लिने–दिने विषय बाहिरिएका छन् ।’
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…