मोरङ / पुषको जाडो,न त शरिर ढाक्ने कपडा छ, न त भोक मेटाउने खानेकुरा नै, देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेका छन ।
मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन । उनीहरुका बुबाको मृत्य भईसकेको छ भने आमा आखा देख्दिन्न । खान लाउन त समस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बाध्य भएका छन ।
उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपांग छिन । उनीहरुको परिवार पिडामा रहेका छन । उनीहरुको मार्मिक तस्विर सामाजिक सञ्जालमा राख्दै लेटाङकी समाजसेबी शान्ति लामाले सहयोगका लागी अनुरोध समेत गरेकी छिन ।