उर्लाबारी, २४ पुस ।मोरङको उर्लाबारीमा ट्रिपर आं तकका बारेमा ब्यापक जनगुनासो आएपछि उर्लाबारी नगरपालिकाले क डाई गर्ने तयारी गरिरहेको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ट्रिपर आं तक रोक्नका लागि छलफल र परामर्श गरिरहेको बताउनुभएको छ । तिब्र गतिमा सञ्चालन हुने ट्रिपरका कारण उर्लाबारीबासी अ सुरक्षित बनेको उहाँको भनाई छ ।
बजार क्षेत्रमा ट्रिपर सञ्चालनमा रोक लगाएर बैकल्पिक सडकको विकल्प खोज्ने उहाँले बताउनुभयो । ट्रिपर ब्यवसायी, उर्लाबारी उद्योग बाणिज्य प्रहरी, प्रहरी तथा सञ्चारकर्मीहरुसँग यस विषयमा छलफल गरेर ठोस रुपमा अघि बढ्ने उहाँले बताउनुभयो । ट्रिपर आं तकको कारण उर्लाबारीबासी आजित बनेका छन् । ट्रिपर पानी चुहाउँदै सडकमा गुड्ने गरेका कारण कालोपत्र सडकमा असर पुर्याउने गरेको सरोकारवाला बताउँछन् ।