उर्लाबारी,२४ पौष । निजी तथा आवासिय बिद्यालयहरुको छाता संगठन(प्याब्सन) को ३० औ स्थापना दिवसका अवसरमा आज उर्लाबारीमा विविध कार्यक्रम गरी मनाईएको छ ।
नगर प्याब्सन उर्लाबारीको आयोजनामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालीकाका नगर प्रमुख खड्ग फागोले निजी क्षेत्रका रुपमा स्थापित प्याब्सनले नेपालको शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंशा गर्दै थप गुणस्तरिय शिक्षा प्रदान गर्न निजी बिद्यालयहरुलाई सुझाव दिनु भएको थियो ।
नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य लेखनाथ भट्टराई, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सहकारी सञ्जाल उर्लाबारीका अध्यक्ष सिता कार्की सहितका वक्ताहरुले निजी क्षेत्रको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान उत्कृष्ट भएको बताउनु भएको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसार्ईटी र क्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधीक सहयोगमा भएको र क्त दान कार्यक्रममा ५१ जनाले र क्तदान गरेको प्याब्सनका नगर सचिव दिनेश पोख्रेलले बताउनु भएको छ ।