उर्लाबारी, २४ पुस । राष्ट्रिय वाणिज्य बैँक उर्लाबारी शाखाले आज राधिका मावि उर्लाबारी – ७ का विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेको छ । बैँकको सामाजिक उत्तर दायित्व अन्र्तगत बिपन्न तथा जेहेन्दार १४० जना विद्यार्थीलाई स्टेशनरी तथा ४५ जना विद्याथीलाई न्यानो कपडा वितरण गरिएको हो ।
बैँकले वर्ष २०१९ मा अन्र्तराष्ट्रिय स्तरको सामाजिक उत्तर दायित्व अवार्ड प्राप्त गरेको अवसरमा सो सामाग्री वितरण गरिएको हो । विद्यालय ज्व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर खत्रीको अध्यक्षता तथा बैँकका प्रबन्धक राजु काफ्लेको प्रमुख आतिथ्यतामा सामाग्रीहरु वितरण गरिएको हो ।
सोही अवसरमा वडा नम्बर ७ का अध्यक्ष विरबल थापा, प्रधानाध्यापक सुबाशचन्द्र सापकोटा सहितका बक्ताहरुले बैँकले पुर्याएको सहयोगको सराहना गर्नुभएको थियो भने सोही अवसरमा बैँकले बित्तिय साक्षरता कार्यक्रम पनि संचालन गरेको थियो ।