काठमाडौँ । पुस २७ गते आइतबारबाट प्रतिनिधिसभा नियमित सञ्चालन हुने भएको छ । सोही दिनबाट सभामुख निर्वाचन प्रक्रिया समेत अघि बढ्ने भएको छ ।
कारण पटक–पटक स्थगित हुँदै आएको संसद बैठक सुचारु गर्न उपसभामुखले सत्तारुढ दलका शीर्ष नेतासँग शुक्रबार गरेको छलफलमा संसद बैठक सुचारु गर्ने सहमति भएको हो ।
आइतबारकै संसद बैठकबाट सभामुखको निर्वाचन कार्यतालिका घोषणा गरिने भएको छ ।
शुक्रबार बिहान नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको छलफलपछि तुम्बाहाङफेले आफ्नो राजीनामाबारे केही कुरा नभएको प्रतिक्रिया दिइन् ।
‘सभामुख कसलाई बनाउने भन्ने कुरा दलको हातमा छ’, उनले रातोपाटीसँगको कुराकानीमा भनिन् ।