काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने घोषणा गर्दै आगामी दिनमा कर उठाउने कामले तिव्रता पाउने बताउनुभएको छ ।
काठमाडौँमा ‘नेपाली अर्थतन्त्र : आजको अवस्था र भोलिको दिशा’ शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताउनुभयो ।
स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै अर्थमन्त्री खतिवडाले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने बताउनु भयो । स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने अर्थमन्त्री खतिवडाको सुझाव रहेको छ ।