• एजेन्सी । यदि तपाईंको क्षेत्रमा इन्टरनेट सुविधा छैन भने पनि अब तपाईंले च्याट गर्न पाउनुहुने भएको छ । च्याटमात्र नभएर तस्बिरहरु पठाउनको लागि पनि अब इन्टरनेट नचाहिने भएको छ । एउटा एप्लिकेसनमार्फत यो सबै कुरा सम्भव भएको हो, जसको नाम फायर च्याट हो ।

    यो एप्लिकेसनमलाई एकदमै दमदार कम्युनिकेशन एप पनि भन्ने गरिएको छ । खासमा यो एप वाइफाइ डाइरेक्ट वा ब्लुटुथको माध्यमबाट चलाउन सकिने कम्पनीले जनाएको छ । यो एपमा इन्टरनेटमा जस्तो टाढा–टाढा च्याट गर्न भने मिल्ने छैन । २ सय फिट आसपासको क्षेत्रमा यस एपको प्रयोग गरेर च्याटसँगै तस्बिर पनि आदनप्रदान गर्न मिल्छ । यसलाई इन्टरनेट भएको वा नभएको दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

    यो खुल्ला नेटवर्क च्याटिङ भएकोले यसमा गरिएको च्याटहरु सुरक्षित भने नहुन पनि सक्छ । यसबाट गरिएको च्याटहरु लिक हुनसक्ने सम्भावना बढी हुने एप निर्माण कम्पनीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…