• एजेन्सी ,पाकस्तानको पंजाब प्रान्तमा बस्ने एक व्यक्ति अत्यन्त गरिबीका कारण पछिल्लो २५ वर्षदेखि रुखको पात खाएर जीन्दगी गुजारिरहेका छन् । महमुद बट्टसँग खानको लागि केही नभएपछि बाँच्नको लागि उनले रुखको पात खान थालेका थिए ।

    तर यति वर्षसम्म पात खादाँ पनि उनी बिरामी भने भएका छैनन् ।आफ्नो परिवार धेरै गरिब भएका कारण आफ्नो लागि खाना जुटाउन मुश्किल भएकाले सडकमा भीख माग्नु भन्दा रुखको पातबाट गुजारा चलाउन सजिलो भएका कारण शुरु गरेका उनले बताएका छन् ।उक्त समयमा उनको आर्थिक स्थिती राम्रो नभएको कारण पात खाने आदत बनेको छ ।

    हाल आफ्नो आर्थिक अवस्था राम्रो भएपनि उनले पात खाने आदत छुटाउन सकेका छैनन् ।हरेक दिन ६०० रुपैयाँ कमाउने हुदाँ पनि रुखको पात नै खौज्दै खाने गरेको उनका छिमेकीले बताएका छन् । उनले आफ्नो गधा गाडी सडकमा रोकेर रुखको ताजा पात खोजेर खाने गरेका छन् ।

    बट्ट आफ्नो अनौठो आदतको कारण बिरामी नभएर उक्त स्थानमा लोकप्रीय भएका छन् । उनलाई आजसम्म डाक्टरको मा लैजान परेको छैन् । उनलाई देख्ने मानिसहरु रुखका पात खाएर यी व्यक्ति कसरी स्वस्थ्य भएकोमा अचम्ममा परेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…