• काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई अंक गणितको अहंकारमा लोकतन्त्र खोस्‍ने प्रयास नगर्न सचेत गराएका छन् ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई समबोधन गर्दै नेता पौडेलले अंक गणितको अहंकारमा पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै जनताको लोकतन्त्र नखोस्न सचेत गराएका हुन् । उनले सरकार अंक गणितको बलमा जनतामाथि टेक्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले जनतालाई हेप्ने कोसिस नगर्नसमेत चेतावनी दिए ।

    “जनताले टेक्ने ठाउँमाथि प्रहार भइरहेको छ । नेकपाले गणितीय हिसाबले दुईतिहाइ ल्याएको छ । यो अंक गणित हो, पूर्ण समिकरण होइन,” उनले भने, “अंक गणितको बलमा जनतामाथि टेक्ने कोसिस नगर्नुस् । यो अंक गणितको आधारमा जनतालाई हेप्ने कोसिस नगर्नुस् । यो अंक गणितको अहंकारमा हिजो ज्ञानेन्द्रले जस्तै जनताको लोकतन्त्र खोस्ने कोसिस नगर्नुस् । ज्ञानेन्द्रकै हालत होला ।”

    नेता पौडेलले तत्कालीन राज्ञा ज्ञानेन्द्र शाहलाई माइतीघर मण्डलाबाटै जनताका अधिकार नखोस्न आग्रह गरेको स्मरण गर्दै जनतामाथिको दमन जारी राखेका कारण राजतन्त्र सधैका लागि हटेको जिकिर गरे ।

    “हिजो यहीं बसेर हामीले राजालाई भनेका थियौं– महाराज हाम्रा टेलिफोनहरु काटिए । महाराज पत्रिकाहरु बन्द भए । महाराज यो लामो समयसम्म बन्द हुन सक्दैन,” उनले भने, “सबै थोक बन्द गर्नुभएको छ । यी सबै थोक बन्द गर्ने तपाईंको आवाज एक दिन हामी कहिल्यै नसुनिने गरी बन्द गछौं भनेर हामीले यहीं ठाउँबाट उद्घोष गरेका थियौं ।”

    नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवराजाको संज्ञासमेत दिए । ओलीको शीरमा श्रीपेच नभए पनि मस्तिष्कमा श्रीपेच रहेको उनको टिप्पणी थियो ।

    “ज्ञानेन्द्रको आजाव बन्द भयो त्यो प्रवृति बन्द भएन । ओलीजीको टाउकोमा श्रीपेच छैन । तर ओलीजीको मस्तिष्कभित्र श्रीपेच छ,” पौडेलले भने, “ओलीजीको प्रवृत्ति श्रीपेच लगाउनेको जस्तै छ । त्यसैले आज राजाको नाम फेरिएको हो गणतन्त्र आएको होइन रहेछ । हिजोको राजाको ठाउँमा नयाँ राजाले प्रतिस्थापन गरेको रहेछ । हाम्रो लोकतनत्रलाई हेर्ने नजर हिजोको राजको जस्तो थियो आजको राजको पनि त्यस्तै आयो ।”

    उनले नेपालमा बोल्न बन्द गराएर र जनतामा निगरानी बढाएर लोकतन्त्र बलियो नहुने पनि स्मरण गराए । नेता थापाले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विधेयकविरुद्ध खुलेर बोल्न सबैलाई आग्रह गरे । लोकतन्त्रमाथि प्रहार गर्ने विधेयक फिर्ताका लागि सबै आमनागरिक एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

    नेता पौडेलले सरकारले ल्याएका लोकतन्त्रविरोधी विधेयकको अवज्ञा गर्न पनि सार्वजनिक रुपमै अपिल गरे । “आजैदेखि सरकारले ल्याएको सूचना प्रविधि विधेयकको अवज्ञा गरौं । मिडिया काउन्सिल विधेयकको अवज्ञा गरौं । मानवअधिकार विधेयकको अवज्ञा गरौं । जति पनि लोकतनत्रमाथि प्रहार गर्ने विधेयकहरु छन्, ती सबै विधेयकलाई गुठी विधेयक फिर्ता गरे जस्तै फिर्ता हुन बाध्य हुने स्थिति हामीले बनाऔं ।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…