बेलबारी । स्वदेशी लघुबित्त वित्तीय संस्था लि.बेलबारी शाखा र श्रमिक महिला समूह बेलबारीको संयुक्त आयोजनामा र बिराट आँखा अस्पताल बिराटनगरको प्रविधीक सहयोगमा दिने निशुल्क आँखा परिक्षण सम्पन्न भएको छ ।
शुक्रवार सारदा चलचित्र मन्दिर बेलबारीको प्राङ्गणमा भएको उक्त निशुल्क शिविरमा २ सय ४० जना आँखाका विरामिले आँखा जाँच गराएका थिए । जसमध्ये ७२ जना विरामिको आँखामा मोतियाविन्दु देखापरे पछि निशुल्क सल्यकृयाको लागि बिराट आँखा अस्पताल विराटनगर लगिएको स्वदेशी लघुबित्त वित्तीय संस्था लि.बेलबारी शाखा प्रमुख मिनु बिष्टले बताईन् ।