•  

    २०५० साल पौस ६ गते बुबा मोहन कुमार कार्की र आमा रुक्मिना कार्कीको कोखबाट ओखल्ढुङ्गामा जन्मिएका सुमन कार्की यतिबेला कमेडी च्याम्पियनको टप ७ सम्म आइसकेका छन् । उनको विषयवस्तु र प्रस्तुति निक्कै सुन्दर रहने गरेको छ । देशभरिबाट छानिएका हास्य कलाकारहरूको प्रतिस्पर्धामा सुमन कार्की निक्कै अब्बल देखिँदै आइरहेका छन् ।
    सुमन कार्कीको विषयवस्तु, प्रस्तुति र उनले प्रस्तुतिको अन्तिममा दिने सन्देश सारै नै घत लाग्दो, सान्दर्भिक र अर्थपूर्ण हुने गर्छ । यही कारण यतिबेला उनी चर्चामा पनि रहेका छन् । उनले टप ७ को प्रतिष्पर्धामा प्रस्तुत गरेको ट्राफिक प्रहरीको चरित्रले सारै धेरै चर्चा कमाइरहेको छ ।

     

     

    सुमन कार्कीको बाल्यकाल ओखलढुङ्गामै बित्यो । उनको बाल्यकाल बितेको गाउँ त्यति सुगम नभएकाले उनले ठुलो भइन्जेलसम्म पनि टिभी र चलचित्रहरू हेर्न पाएनन् । उनले एसएलसी पास गरेर मोरङको इटहरामा परिवारसँगै बसाई आएपछि मात्रै टिभी र अन्य चलचित्रहरू हेर्न पाएका हुन् ।

    सानैदेखि अलि चन्चले स्वाभावका सुमन कार्कीले पहिलोपटक आफ्नो प्रस्तुति उनले पढेको क्याम्पसमा स्वागत कार्यक्रममा राखेका थिए । उनले उक्त कार्यक्रममा केपी ओलीको नक्कल गरेका थिए । तर रमाइलो कुरा के छ भने उनले केपी ओलीको नक्कल केपी ओलीकै आवाज सुनेर गरेका थिएनन् । मेरीबास्सैमा सिताराम कट्टेलले गरेको वडा अध्यक्षको भूमिकाको आधारमा गरेका थिए । उक्त क्याम्पसको कार्यक्रममा दिएको प्रस्तुति मन पराएर शिक्षक र साथीहरूले दिएको प्रतिक्रियाबाट हौसिएका सुमन कार्की त्यसपछि भने लगातार हाँस्य क्षेत्रमा लाग्न थाले । तिनै सुमन कार्कीको बायोग्राफी यस्तो छः

    https://www.youtube.com/watch?v=i0vh14PrM4k&t=5s&fbclid=IwAR1TSYgHHzDP6znFVp9a27feP20mFWikpLRE1OtvCElzZnZ4XdfPmLs5_lw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…