• काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने समय आउन लागेसँगै त्यसको खुसीयालीमा शेयरबजार बढ्न सुरु भएको छ ।

    सरकार निर्माण भएसँगै निराशाजनक स्थितिमा रहेको शेयरबजार खतिवडा हट्ने खुसीयालीमा बृद्धि हुन सुरु भएको हो । खतिवडा पटक पटक सेयर कारोवारमा अनुदार नीति लिएर प्रस्तुत भएपछि कारोबार डामाडोल भयो ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले नीति बदलेपछि खतिवडा हट्ने खुशीमा एकाएक सेयर कारोबार बढेको छ । राष्ट्रियसभा सदस्य रहेका खतिवडाको दुई वर्षे कार्यकाल फागुनमा सकिँदै छ ।

    नेकपाले राष्ट्रियसभामा यसअघि प्रतिनिधित्व गरेकालाई नदोर्होयाउने निर्णय गरेसँगै सेयरबजारमा सकारात्मक प्रभाव परेके हो । खतिवडाको मन्त्री पद गुम्ने चर्चाको प्रभाव सेयरबजारमा परेको हो । खतिवडालाई सांसद नबनाइएमा उनको मन्त्री पद ६ महिनापछि स्वतः सकिनेछ ।

    यो साता सेयर बजार लगातार बढेको छ । चार महिनापछि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १२ सय अंकमा पुगेको छ । गत भदौ १० गते १२०८ अंकबाट झरेपछि पहिलोपटक सोमबार १२००.६९ अंक पुगेको हो । आइतबार नेप्से परिसूचक ११८२.४३ थियो । सोमबार मात्रै नेप्सेमा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँको व्यापार भएको छ ।

    २०७४ फागुन १४ गते अर्थमन्त्री बनेका खतिवडाले सेयरबजारलाई अनुत्पादक क्षेत्रका रूपमा व्याख्या गर्दै आएका छन् । यस्तै उनले सेयर कारोबार मूल्यमा पुँजीगत लाभ कर लगाउने विवादास्पद निर्णयको विरोधमा सेयर लगानीकर्ताले २०७५ जेठ २२ मा कारोबार ठप्प बनाएका थिए ।

    ओली सरकारले भने जनतालाई सेयरमा लगानी गर्नका लागि उत्साह थप्न आफूहरुले पनि लगानी गरिरहेको चर्चा गर्दै आएको छ । प्रधानमन्त्री ओलीले त्रिशुली जलविद्युतमा त पहिलो सेयर भरेरै अर्थमन्त्रीको भनाइलाई निरर्थक बनाए । तर त्यो व्यवहारमा सफल भइरहेको छैन । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…