• पौष २५ पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका व्यावसायी राजेन्द« रेग्मीले पथरी प्रहरी प्रमुखले आफुलाई अनाहकमा दुःख दिएको बताएका छन् ।

    पौष २१ गते साझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं. ट्याक्टरलाई नियन्त्रण लिई चोरिको आरोपमा जिल्ला समन्वय समिति पठाएर आफुलाई अनाहकमा दुःख दिएको बताएका छन् ।
    रेग्मीले भने– “२१ गते बेलुकी नियन्त्रणमा लिएको ट्याक्टरको ब्लुबुकको मान्य अवधि फेल भएको भेटिएपछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लियो भन्ने जानकारी पाए त्यसपछि भोलिपल्ट प्रहरी कार्यालयमा पुगेर अपुग कागजपत्रको बारेमा बुझ्दा सावले ब्लुबुकको नविकरण गरेर ल्याउनु अनि ट्याक्टर लैजानु भन्नु भयो तर अपर्याप्त समयका कारण नविकरण गर्न १ दिन ठिलो हुँदा उहाले आफुुसग कुनै सम्वन्य नै नगरी गाडी जिल्ला पठाएर अनाहकमा दुःख दिनुभयो ।”

    रेग्मी त्यसमै थप्छन्–“नियन्त्रणमा लिनुको ब्लुबुक प्रकरणको झमेला पुरा भएपनि जिल्ला समन्वय समितिलाई पत्राचार गरि पथरी प्रहरी प्रमुखले अनाहकमै दुःख दिनुभयो ।”

    प्रहरीले माग गरेको सवै कागज पत्र लिएर पटक–पटक ईलाका धाए पनि डिएसपी सरले चोरीको हो भन्दै दुःख दिनुभयो जसको कारण मलाई व्यावसायिक क्षति भयो यसको जिम्मा कस्ले लिने ?”
    कागज पत्र देखाउदा ब्लुबुक मात्रै हेर्ने अनि चोरीको बलुवा भनेर दुःख दिने प्रहरीको नियत नै खराव भएको उनको भनाई रहेको छ ।

    “ट्याक्टर ड्राइभर संग बिल नं. ९३३ को रु. १ हजार ५० को रसिद समेत रहेको थियो तर प्रहरीले ट्याक्टरको ब्लुबुक मात्र माग्यो अनि ब्लुबुकको कमजोरीको आधारमा ढुवानी गरिएको सवै सामान गैह्रकानुनी हो भन्दै थप अनुसन्धान नै नगरी जिल्ला धकेल्नुमा दुःख दिने प्रहरीको नियत हो ।”

    हुन त प्रहरीको सेवालाई मुस्कान सहितको प्रहरी सेवा भनिदै आएको भएता पनि व्यावहारमा भने त्यस्तो नभेटिएको प्रसस्तै जन गुनासो बेला बखतमा आउने गरेका पनि छ ।

    नेपाल प्रहरी जनताको सारथी हो सारथीले जनताको समस्यामा सहजिकरण गर्दै कानुनी जटिलताहरु लाई चिर्नु पर्ने हो भन्ने एक थरी सर्वसाधरण जनताको बुझाई पनि रहेको छ भने एक थरिले सारथी बन्न नसकेको गुनासो पनि गर्ने गरेको भेटिएको छ ।

    तर लगभग एक महिना अगाडी मात्र पथरी इलाकाको नेतृत्व सम्हाल्न आईपुगेका डिएसपी दिलिप कुमार गिरीले प्रहरी माथी सर्वसाधरणले गर्ने गरेको अबिस्वास लाई हटाएरै छाड्ने बताएका छन् ।

    आफुले पथरीको कार्यभार सम्हाले देखि कानुन विपरित कुनै कार्य नगरेको र कानुन विपरित कार्य गर्ने जो कसैलाई पनि नछाड्ने गिरीले बताएका छन् ।

    गिरीले भने–“ म पथरीमा हुन जेल प्रहरीलाई कुनै पनि हालतमा चुक्न दिने छैन कसैको सिफारीज र भनसुन म सुन्दिन कानुनी कार्वाही गरेरै छाड्छु ।”
    “पछिल्लो समय रात्रिकालिन गस्तीको क्रममा पथरी क्षेत्रमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङख्या अत्याधिक भएको भेटेको छु चेक जाँचका क्रममा फेला परेको त्यस्ता चालकहरु सर्वसाधण देखि विशिष्ट मान्छे जो कोही भएपनि कसैको भनसुन र सिफारिज नसुनी सिधै कानुनी कार्वाही गराएरै छाड्छु ।”

    ठिकै हो प्रहरीले सर्वसाधरणको मन जितेर कानुनको पालना गराउदै आफ्नो सेवालाई अगाडी लिएर जाने हो तर त्यही कानुनको पालककारी निकाय घरि घरि चुकी रहेको छनि जस्तै ट्याक्टर निन्यत्रण प्रक्रिया विवादित भयो नि ? भन्ने प्रश्नमा गिरी भन्छन्– “जेक जाँचको क्रममा तत्काल काजगपत्र नभएका कारण नियन्त्रणमा लिएको थियौँ पछि सम्वधित व्याक्तिले समुर्ण कागजपत्र पु¥याएर लैजानु भयो काजगपत्र नभएको अवस्थामा नियन्त्रणमा लिएका थियौँ दुःख नै दिने प्रहरीको नियत भने थिएन र कहिलै हुदैन पनि ।”

    प्रहरी प्रमुखले पथरी इलाकाको क्षेत्रमा कानुनको उल्लङघन गर्ने सवैलाई कार्वाही गर्छु कसैको कुनै सिफारिस सुन्दिन शन्ति सुरक्षा कायम गर्नु मेरो जिम्मेवारी हो ।

    भनेर आफ्नो अभिव्याक्ति राखि राखेको समयमा भने यसै क्षेत्रमा चोरीका घटनाहरु भने ह्वात्तै बढेर गएको भेटिएको छ । जसले प्रहरी प्रमुखले लिएको अडानलाई चुनौति नै पो दिने होकी ?

    बिहिबार साझ पथरीको मुख्य बजार क्षेत्रबाट पसल अगाडी पार्कीङ गरेर राखेको मे ९ प १३४१ नम्वरको निलो पल्सर मोटरसाईकल चोरी भए सगै प्रहरी प्रमुखले लिएको अडान मा नै प्रश्न चिन्ह उठेको छ ।

    यति मात्र हैन सोही राति बुद्ध चौकमा घरमा राखिएको को ३५ प २४५० नम्वरको पल्सर पनि हराएको छ ।
    जसले प्रहरीले सुरक्षा दिन्छु भनेर अडान लिईरहेको भएता पनि एउटा मोटरसाईकल चोरी भएको २४ घण्टा वित्न नपाउदै अर्को पनि हराउनु प्रहरीका लागि सुरक्षा चुनौति बढेको होकी भन्ने अनुमान लगाउन सकिन्छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…