• माेरङ – प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत आउँदाे फागुन १ गतेदेखि प्रदेशका सबै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग रोक्ने र विद्यालयभित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताउनुभयाे । कानुन बनेको लामो समय भइसकेको अवस्थामा पनि ऐन कार्यान्वायनमा नगएकाले त्यसलाई फागुन १ गतेदेखि कडाईकासाथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेले बताउनुभयाे ।

    स्वास्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत प्रदेश १ मा २० वर्ष उमेर समूहमाथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परीक्षणपछि उनीहरुलाई पटक पटक परीक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ । त्यस्तै चिनी राेग र क्यान्सको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्‍याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयाे ।

    विद्यालय संचालकहरुसँग भएको छलफलसँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको सुरुवात गर्ने तयारी भएकाे छ ।

    समस्यामा विद्यालय संचालक

    सामाजिक विकास मन्त्रालयले आयोजना गरेको छलफलका क्रममा विराटनगरका निजी विद्यालय संचालकहरुले सुर्ती, चुरोट तथा गुट्खाका कारण निकै समस्या भएको सुनाए ।

    यस्ताे पदार्थकाे सेवनबाट बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरुको भनाई छ । सेन्टजोसेफका रोहित थपलियाले विद्यालयको १ सय मिटरमा कुनै पनि सुर्ती तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्न भन्दासमेत व्यवसायीले नटेर्ने गरेको गुनासो गर्नुभयाे । प्रदेश सरकारले नियमन र नियन्त्रण गर्ने हो भने वर्ष भरी नै ऐनले व्यवस्था गरेअनुसार सार्वजनिक स्थलकाे नियमित अनुगमन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयाे ।

    कलेज संचालक अमित ढकाल र सिएम रिजालले विद्यालय आसपासका एक सय मिटरमा सुर्ती, चुरोट र मादक पदार्थ बेच्नै नपाउने कानुनी व्यवस्था भए पनि अहिले बिक्री वितरण भइरहेको बताउनुभयाे ।

    ‘कानुनले बेच्न नपाउने भनेको छ तर अहिले पनि बेचबिखन भईरहेको अवस्थामा नियन्त्रण र नियमन गर्न सकिन्छ भने ठिकै छ अभियान चलाऔँ हैन भने एकदिनको लागि देखाउन र प्रचारमा आउन कार्यक्रम नगर्दै राम्रो हुन्छ,’ ढकालले भन्नुभयाे ।

    कलेज र विद्यालयसँग जोडिएका चिया पसलमा विद्यार्थीहरु स्कुल तथा कलेज ड्रेसमै गएर गाँजासमेत सेवन गर्ने गरिएको छलफलको क्रममा कुरा उठेको छ । अब चिया पसल र किराना पसलमा कुनै पनि सुर्तिजन्य पदार्थ बिक्री बितरण गर्न नपाउने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन सहभागीले सुझाव दिएकाे थिए ।

    पत्रकार सुवास कार्की, हाेस्टल संचालक बिक्रम देवले ट्राफिक चोक आसपासका चिया पसलहरुमा साना उमेरका विद्यार्थीहरु चुरोट सेवन गर्ने धेरै देखिने गरेको बताए । होस्टल संचालक देवले सबैभन्दा धेरै विकृती होस्टलहरुमा हुने गरेको स्वीकार गरे । मदिरा, चुरोट सेवन गर्ने तथा होहल्ला गरेर बिकृती फैलाउने काम होस्टलहरुले गर्ने गरेको उनको आरोप छ ।

    पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले सुर्तीजन्य पदार्थको कारोबार र ओसारपासारमा बालबालिकाकाे प्रयाेग हुने गरेकाे भन्दै त्याे राेक्ने वातावरण बनाउनु पर्ने बताउनुभयाे ।

    छलफलका क्रममा शिक्षकहरु नरहरी कोईराला र गीता ढकालले विद्यालयमा चुरोट किन्न नजानु भनेर सिकाए पनि अविभावकले बालबालिकालाई नै चुराेट किन्न पठाउने गरेकाे पाइएकाे बताउनुभयाे । अभिभावक स्तरमै चेतना पुर्‍याउन जरुरी रहेको उनीरुको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…