• काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्की नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

    नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा कार्कीको स्वागतका लागि आयोजना गरेको एक समारोहकाबीच उनी नेकपामा पर्वेश गरेका हुन् । कार्कीलाई नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

    जनयुद्धका बेला उपत्यकामा बसेर मोहन कार्कीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै प्रचण्डले मुलघर फर्केको भन्दै खुशी व्यक्त गरे ।

    उता कार्कीले पनि नेकपामा प्रवेश गर्दै विप्लवमा राजनीतिक नैतिकता नभएको टिप्पणी गरेका थिए ।

    विप्लव समूहलाई सरकारले गत फागुनमा प्रतिवन्ध लगाएपछि कार्की पक्राउ परेर थुनामा पनि बसेका थिए । रिहा भएको केही समयपछि उनी नेकपा प्रवेश गरेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…