• दीप खादी लिम्बू।
    पुष-२६,क्वालालम्पुर।

    (रातोकलम अनलाइन)-मलेसियाको सेलाङ्गोर राज्य क्लाङ्ग क्षेत्र स्थित जि.टि कम्पनीमा कार्यरत एकजना नेपाली मजदुरले शुक्रबार राती पासो लगाई आत्महत्या गरेका छन।नेपालको बारा जिल्ला बारागढी गाउँपालिका ४ नम्बर वडा सुखीपाथरा गाउँमा स्थायी बसोबास गरिरहेका प्रभु चौधरीले मलेशियामा आफू बस्ने होस्टेलको खिर्किको रडमा रसिले पासो लगाई आत्महत्या गरेको हो।

    घट्ना बारे परिवार सङ्ग सम्पर्क गरि बुझ्दा मृतक चौधरी लामो समय देखि एकजना युवती सङ्ग प्रेम सम्बन्धमा रहेको र मानसिक तनाबको कारण छोरोले यस्तो निर्णय लिएको हुन सक्ने उनका पिता बिरेन्द्र चौधरीले टेलिफोन सम्पर्कमा जानकारी दिए।भने घट्ना घट्न अघी प्रभु चौधरी एक महिना अगाडि मात्रै छुट्टि काटेर पुनः मलेशिया फर्केका थिए।

    सोही कम्पनीमा सङ्गै काम गर्ने र सङै होस्टेलमा बस्ने साथिहरुका अनुसार शुक्रबार राती अबेर सम्म नेपालमा रहेका एक जना साथीसंग फोनमा कुरा गरिरहेको बेला निकै तनावमा देखिएको थियो। आत्महत्याको कारण प्रेम सम्बन्धनै हुन सक्ने उनका साथिहरुको पनि शङ्का छ।

    हाल यो समाचार तयार हुदा सम्म शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल लैजाने तयारी भईरहेको थियो।पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि कम्पनी र नेपाली दूतावासको पहलमा पार्थिव शरीर लाई नाता प्रमाणीकरण लगत्तै नेपाल पठाईने जानकारी प्राप्त भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…