काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको पौरखले जोडिएको देश सधैँ स्वतन्त्र, शान्त र अखण्ड रहनु पर्ने बताएका छन्। २९८ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकमना सन्देश जारी गर्दै शाहले देशका सबै भूभागको रक्षा र समग्र देशको समृद्धिका लागि गहकिलो प्रयास हुनु पर्ने बताएका हुन्।
उनले जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्ट रहेको पनि जारी सन्देशमा उल्लेख गरेका छन्। ‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ’, उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने माटोको सम्मानमा बोल्न नहुने राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठि त पार्ने एवं मुलुकले नसोचेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुनुहुँदैन।’