भरतपुर । वेश्यावृत्तिसम्बन्धी एक घटनाका पीडित दुई जना युवतीले आफूहरुलाई होटल सञ्चालकले बन्धक बनाएर यौनधन्दामा लगाएको बयान दिएका छन् । उनीहरुले भनेका छन्– ‘हामीलाई दैनिक चार/पाँच जनासँग यौन सम्पर्क गर्न बाध्य बनाइयो, हामीसँग सम्बन्धका लागि आउनेहरु साना गाडी र मोटरसाइकलमा आउने गर्थे ।’
अन्दाजी २२ र १४ वर्षका दुई जना युवतीलाई होटलको कोठामा बन्धक बनाई वेश्यावृत्तिमा लगाएको आरोप प्रहरीको छ । यस घटनाको पीडक भनिएकी एक युवतीले आफूलाई समेत होटल सञ्चालकले वेश्यावृत्तिमा लगाएको बयान दिएकी छन् ।
आफूहरु त्यस होटलमा छिर्दै गर्दा पहिले नै सात/आठ जना केटीहरु रहेको पीडित युवतीहरुले बयान दिएका छन् । भरतपुर–२९, जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसमा भएको वेश्यावृत्ति घटनामा उद्धार गरिएका दुई युवतीले बयान दिने क्रममा साहूले ग्राहकबाट मोटो रकम दिई आफूहरुलाई थोरै रकम दिने गरेको पनि बताएका छन् ।
आफूहरु गलत काममा फसेको थाहा पाई भाग्न खोज्दा साहूले मार्नेसम्मको धम्की दिएको उनीहरुको भनाइ छ । आफूजस्ता युवतीहरु लुकाउनका लागि १२ जनासम्म अट्ने ठाउँको घरमुनि अँध्यारो सानो कोठा बनाइएको उनीहरुले बताएका छन् ।
कोही अपरिचित वा अनुगमनकर्ता आएको अवस्थामा उक्त कोठा बन्द गरी माथिबाट चामलको बोराले ढाक्ने गरेको उनीहरुले बताएका छन् । खोजतलास गर्ने क्रममा २२ वर्षीया युवतीले आफन्तलाई फोन सम्पर्क गरी आफूहरुलाई जुगेडीमा रहेको होटल कोठामा बन्धक बनाई राखी वेश्यावृत्तिमा लगाएको भनी गोप्य सूचना गराएपछि उक्त होटलको गलत धन्दा सार्वजनिक भएको हो । उनीहरुलाई रोशिका राईले काठमाडौँबाट ललाइफकाइ गरी घुम्न जाऊँ भनी लिई आई उक्त होटलमा राखेको र निज रोशिका राई, जंगबहादुर क्षेत्री र निर्मला थापा क्षेत्रीसमेत भई होटल कोठामा बन्धक बनाई डरत्रासमा जबर्जस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।
पुर्पक्षका लागि थुनामा
चितवन प्रहरीले तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । भरतपुर–२९, जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर–२९, जुगेडी बस्ने वर्ष ५० का जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्री पक्राउ भएका हुन् ।
अर्की एक जिल्ला सुनसरी धरान उपमहानगर–८, लेटाङ बस्ने वर्ष २४ की रोशिका राई रहेका छन् । चितवन अदालतको शुक्रबार भएको आदेशले उनीहरु तीनैजना पुर्पक्षका लागि थुनामा गएका छ