देबु बानियाँ । बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले जेसीज बन्नको लागि जेसीज पिन मात्र लगाएर नहुने बनाउनु भएको छ ।
शुक्रवार धनगढी लेडी जेसीजको छैठौँ पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष शंकरले जेसीजमा लाग्ने हरेक युवाले जेसीजको नियमभित्र रहेर काम गर्नु पर्ने बताउनु भयो । ‘जेसीज सदस्यहरुले जे पायो त्यहि बोल्न पाइदैन्’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष शंकरले भन्नु भयो–‘ कुनै पनि शाखामा एउटा सदस्यले आफ्नो शाखामा आँच आउने काम गर्छ, बदमास गर्छ भने उसको कुनै काम छैन । यो समाजमा अन्य धेरै युवाहरु छन् । जो परिवर्तन हुन सक्छ उसलाई जेसीज सदस्य बनाउनुहोस भन्ने अभियानमा हामी लाग्दैछौँ ।’
‘एउटा मान्छे आर्मीमा लाग्नका लागि उसले त्यसभित्रका हरेक नियमहरुलाई पालना गर्न सकेमा मात्र सफल बन्छ’ अध्यक्ष शंकरले भन्नु भयो –‘जसरी आर्मी बन्न हरेक नियमको पालना गर्नु पर्छ त्यसरी नै एउटा सफल जेसीज बन्न जेसीजका हरेक नियमको पालना गर्नु पर्छ । त्यसैले जेसीजको पिन लगाएर मात्र जेसीज बन्न सकिन्दैन ।’
नेपाल जेसीजलाई २०२० बाट फरक चिराबाट अघि बढाउने अभियान सञ्चालन गर्ने तयारीमा रहनु भएका राष्ट्रिय अध्यक्ष शंकरले भन्नु भयो–‘तालिमलाई यस वर्षदेखि दर्विलो रुपमा अघि सार्दैछौँ, जेसीजको तालिम त्यति हल्का वस्तु होइन, तर हामीले हल्का रुपमा प्रस्तुत गरिहरहेका छौँ ।’ अध्यक्ष शंकरले भन्नु भयो–‘जेसीजका तालिमलाई एउटा शाखाको कार्यक्रम बढाउने रुपमा मात्र लिइरहेका छौँ । त्यसलाई जेसीज युवाहरुको दिमाग नै परिवर्तन गर्ने गरी गर्न सकेका छैनौँ । त्यसका लागि यस वर्ष कुनै पनि शाखाले तालिमको आयोजना गर्नु हुन्छ भने उहाँहरुले ७ दिन अघि नै सहभागिलाई फाइनल गराउनु पर्छ । ७ दिन अघि फाइनल भएका नामहरु नेपाल जेसीजमा पठाएर उहाँहरुकै नाममा प्रमाण पत्र तयार हुन्छ । आज तालिम सञ्चालन हुँदैछ भने एकछिन अघि आएको व्यक्तिलाई तालिममा सहभागि गराइने छैन । यदि यसरी सञ्चालन भयो भने आएको सदस्यले आफुलाई पनि परिवर्तन गराउनु सक्दैन । त्यसैले अब हामीले यस्तो युवा जन्माउनु छ । जो जेसीआईले परिकल्पना गरेको छ ।’
अध्यक्ष शंकरले जेसीजमा लाग्ने एउटा युवा अब आफु स्वस्थ्य रहन आवश्यक रहेको समेत बताउनु भयो । शंकरले ठ्ट्यौली पारामा भन्नु भयो–‘यसपाली राष्ट्रिय पदाधिकारीलाई नेपाल जेसीजको युनिफर्म दिँदा ४ इन्च बटम नलाग्ने गरी दिन्छौँ । उहाँको टाक्स भनेको एक वर्षमा आफ्नो जीउ घटाउने रहने छ ।’ उहाँले भन्नु भयो– ‘आज एउटा युवा स्वास्थ्य रहन आवश्यक छ । आज जेसीजआईले नै अंगिकार गरेको छ । एउटा व्यक्ति स्वास्थ्य रहनु पर्छ । जेसीजमा आएर पनि तपाई अनकम्र्फरटेवल शरीर लिएर हिड्नु हुन्छ भने तपाईलाई कसरी एक्टीभ सिटिजन मान्ने ?’ उहाँले प्रश्न गर्नु ।
राष्ट्रिय अध्यक्ष शंकरले नेपाल जेसीजका हरेक युवाहरुलाई अन्तराष्ट्रिय जेसीजसँग कनेक्ट गर्ने २०२० को अभियान रहेको समेत बताउनु भयो । साथै उहाँले निर्वाचनका प्रक्रियामा मत बाँडिएपनि निर्वाचन पश्चात आएको परिणामबाट कसैको मन बाँडिन नहुने बताउँनु भयो ।