• काठमाण्डाै – राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ ।

    विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चाैबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।

    पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।

    यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनु भएको थियो । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।

    शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनु भयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

    नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएकाे छ । तर याे अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…