काठमाडौं । सत्ताधारी दल नेकपा सचिवालयले निर्णय गर्दैमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने स्पष्ट पारेकी छिन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै राजिनामा दिन बाध्य नहुने बताएकी छिन् ।
त्यसो त उपसभामुख तुम्बाहाम्फेले सचिवाल बैठकको निर्णयप्रति असन्तुष्टी व्यक्त गरिन् ।
सभामुख चयन प्रक्रिया अघि बढ्ने भएको छ । नेकपाले बेलैमा उचित निर्णय नगरे सभामुख पद अर्कै दलले फुत्काउन सक्ने सम्भावना पनि बढेर गएको छ ।
सचिवालयबाट अहिलेसम्म औपचारिक पत्र नआएको बताउँदै उनले आफूले राजीनामा दिनुपर्ने कारणसहितको पत्र आएपछि औपचारिक जवाफ दिने बताएकी छिन् ।
आफूले अहिलेसम्म कुनै गल्ती नगरेको जिकिर गर्दै उनले भनिन्–म भ्रष्टाचारी हुँ कि यौन दुराचारी हुँ कि ? राजीनामा दिनुपर्ने कारण के हो ? प्रतिप्रश्न गरेकी छन् ।
आफ्नो कामकारबाहीप्रति चित्त नबुझे संविधानबमोजिम महाअभियोग लगाउन पनि उनले चुनौती दिएकी छिन् ।
नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसँगको भेटमा मन्त्री पदको लोभ देखाइएको बताउँदै राजीनामा नदिने उनको तर्क छ ।
यसैबिच आफूले प्रतिनिधिसभाको बैठक अगाडि बढाउने पनि उनले बताइन् ।